स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेस बागलुङको चुनावी अभियानमा नेपाली काग्रेसका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भएका छन । बागलुङका ४ नगरपालिका र ६ गाउपालिकामा नेपाली काग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रिय सदस्य एवं पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बागलुङ आउन लागेका हुन ।
नेपाली काग्रेसले जिल्लाका बिभिन्न स्थानमा गर्ने चुनावी आम सभामा केन्द्रिय नेताहरुले सम्बोधन गर्ने भएका छन । बैशाख २५ गते कुस्मिसेरा,२६ गते बुर्तिवाङ बजारमा,२७ गते गल्कोटको हटियाबजार,२८ गते बागलुङ बजारमा हुने सभामा केन्द्रिय नेता कार्की लगाएका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक नरेँश कडेलले बताए ।
यसैगरि नेपाली काँग्रेस काठेखोला गाउपालिकामा वडा १ को कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापनासगै स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउन मानबहादुर थापाको संयोजकत्वमा ५ सय १ चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । वडा १ अध्यक्षका उम्मेदवार खडक थापाको लगाएको टोलीले घरदैलो समेत गरेको छ ।
















































































































































































