२९ बैशाख २०८२, सोमबार

 

काठेखोलामा तीन वाम एक ठाँम

- समृद्ध काठेखोला गाउँपालिकाका लागि लाग्छौ ः थापा

स्थानीय तह निर्वाचनमा जुटेका राजनीतिक दलहरु प्रचार प्रसार अभियानमा सक्रिय देखिन थालेका छन् । प्रचार अभियानसंगै दलहरुबीच चुनावी तालमेलको प्रक्रिया समेत अगाडि बढीरहेको छ । यसैक्रममा काठेखोला गाउँपालिकामा ३ वामपन्थी दलहरुले संयुक्त रुपमा निर्वाचनमा जान सहमत भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच काँठेखोला गाउँपालिकामा तालमेल गरेर अगाडि बढ्ने सहमति भएको हो ।

काठेखोलाको अध्यक्षमा एमालेका अम्मरबहादुर थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन केसीले उमेदवारी दिनु भएको छ । तीन दलको सहमति अनुसार एमालेबाट उपाध्यक्षमा उमेदवारी दिएकी अञ्जु जिसी र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा उमेदवारी दिएकी लक्ष्मी खड्का रोकाले बिहीवार उमेदवारी फिर्ता लिनु भएको छ ।
वडा अध्यक्ष र सदस्यहरुमा समेत तीन दलले सहमति गरेर अगाडि बढेको जनाइएको छ । यसैबीच संयुक्त वामपन्थी उमेदवारहरुको टोलीले काँठेखोलाका विभिन्न वडामा निर्वाचन प्रचार अभियानलाई तिब्रता दिएका छन् ।  वडा नंं. २ भीमापोखरामा अध्यक्ष र उपाध्यक्षका उमेदवार सहितको टोलीले घरदैलो, जनभेटघाट तथा कोणसभा गरी संयुक्त प्यानललाई निर्वाचनमा सहयोग गर्न आव्हान गरेको छ । घरदैलो भेटघाटसंगै भीमापोखराको कोतघर दरवारमा आयोजित टोलसभामा बोल्दै अध्यक्षका उमेदवार अम्मरबहादुर थापाले मुलुकको राष्ट्रियताको रक्षाका लागि एमालेले लिएको अडान र देशको आर्थिक विकासका साथै सामाजिक रुपान्तरणका लागि एमालेको नेतृत्वमा रहेको प्यानललाई विजयी गराउने आव्हान गर्नु भयो ।b2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काँठेखोलाको समग्र विकासका लागि आफुसंग स्पष्ट योजना रहेको, योजना अनुसारको काम गर्नका लागि नेकपा एमालेको नीति र अडान सहयोगीका रुपमा रहेको तथा काठेखोलामा रहेका सबै वामपन्थी र देशभक्तहरुको समर्थन आफुलाई रहेकोले विकासले गति लिने उहाँको दावी थियो ।

यस्तै वडा नं. २ को वडा अध्यक्षका उमेदवार विद्यापती शर्माले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, आफ्नो गाउँ आफै बनाऔ जस्तो लोकप्रिय कार्यक्रमको शुरुवात गर्ने नेकपा एमालेलाई थप काम गर्ने अवसर दिनका लागि सबैलाई अनुरोध गर्नु भयो । यस्तै अभियानका क्रममा भीमापोखराको सलाममा आयोजित चुनावी सभामा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर खत्री, एमाले जिल्ला सदस्य गंगा शर्मा, अध्यक्षका उमेदवार अम्मरबहादुर थापा, उपाध्यक्षका उमेदवार अर्जुन खत्री, वडा नंं २ का अध्यक्षका उमेदवार विद्यापती शर्मा लगायतले बोल्नु भएको थियो । उहाँहरुले समृद्ध काठेखोला गाउँपालिका निर्माणका लागि संयुक्त वामपन्थी प्यानललाई विजयी गराउन आव्हान गर्नु भएको थियो ।

b3

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung