१ जेष्ठ २०८२, बिहीबार

 

जैमिनी नगरपलिका वडा नं १० राङखानीमा चुनावी आमसभा सम्पन्न

- जैमिनीको विकास र निकासका लागि नेपाली काँग्रेसलाई जिताउनुपर्छ— सभापति थापा

नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले जैमिनी नगरपालिकाको विकास र निकास नेपाली काग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताएका छन । सोमबार जैमिनी नगरपालिकाको वडा नम्वर १० राङखानीमा आयोजित चुनावी आम सभामा बोल्दै थापाले अरु दलले जस्तो चुनावी खोक्रो नारा दिएर नेतृत्व हत्याउने नीति काँग्रेसको नरहेको भन्दै उनले सवै अधिकार स्थानीय सरकारलाई प्राप्त हुने भएकाले योग्य र सक्षम नेतृत्व छान्न आग्रह गरे । त्यस्तै उनले नेपाली काग्रेसबाट योग्य,सक्षम र निष्ठावान व्यक्तित्व प्रमुख उम्मेद्वार इन्द्रराज पौडेल र दलितअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएकी शिक्षित र योग्य महिला उम्मेद्वार कौशिलादेवी विकलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

त्यस्तै नेपाली काग्रेस जैमिनी नगरपालिका प्रमुख पदका उम्मेद्वार ईन्द्रराज पौडेलले आफुँ प्रमुखमा निर्वाचन भए ५ बर्षभित्र नगरपालिका भित्र गरिवी अन्त्य गर्ने घोषणा गरे । ३ चरणको गरिवी अझै कायम रहेको चर्चा गर्दै उनले गाँस,बास कपासबाट कोही पनि बञ्चित हुनु नपर्ने बताए । indra

त्यस्तै नेपाली काग्रेस उपप्रमुख पदका उम्मेद्वार कौशिलादेवी विक ले महिला र दलित अधिकारको लागि स्थानीय सरकारमार्फत अधिकार सम्पन्न बनाउने भन्दै नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरिन । लामो समय महिला अधिर,पिछडिएका दलित महिलाहरुको अधिकार अमुल पार्टीले लामो समयसम्म हतियार बनाउँदै आएको भन्दै अहिले नेपाली काग्रेसले दलित अधिकारको नेतृत्व गर्ने जिम्मा आफुँलाई दिएको भन्दै सवै काग्रेस कार्यकर्ताहरुले ढुक्क भएर रुख चिह्नमा मतदान गर्न आग्रह गरिन ।

सो अवसरमा नेपाली काग्रेसका पूर्व सभापति एवं सांसद प्रकास शर्मा पौडेल,नेपाली काग्रेस पूर्व सभापति मणिभद्र शर्मा कडेँल,तरुण दलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु,नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष उमेश गौतम , नेपाली काग्रेस जिल्ला सदस्य हरि आचार्य,नेपाली काग्रेस महासमिति सदस्य भीम श्रीस,नेविसंघका केन्द्रिय उपाध्यक्ष डिल्ली सुवेदी,नेविसंघका सहमहामन्त्री हरिहर शर्मा,नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि गणेश सापकोटा लगायतले बोलेका थिए ।prakashamanibhandra

नेपाली काग्रेस वडा नम्वर १० का सभापति कर्णबहादुर श्रीसको अध्यक्षता, नेपाली काग्रेस जिल्ला सदस्य पदम पुनको स्वागत र लक्ष्मीकान्त शर्मा राजेन्द्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नौमती बाजा,झाँकी सहित उपस्थित अतिथिहरुलाई स्वागत गरिएको थियो । सो अवसरमा लोकलायक विमलराज क्षेत्रीको सांस्कृतिक प्रस्तुति रहेको थियो ।bimal

चुनावी आमसभामा राष्ट्रिय जनमोर्चा सहित अन्य दल पार्टी परित्याग गरी २ दर्जन बढि कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।prabesh

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung