२० भाद्र २०८३, शनिबार

 

माओवादी केन्द्रको चुनावी आमसभामा गलकोट नगरपालिका पाण्डवखानीमा

mm‘माओवादी केन्द्रको उपहार, गाउ नगरमा सिंहदरबार’ भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाले पाण्डवखानीमा आज चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका मेयर पदका उम्मेदवार फमलाल न्यूरे र उपमेयर पदका उम्मेदवार ललिता थापाले यहि वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडामा मतदान गरि सम्वृद्व गलकोट निर्माणको अभियानमा सहयोग गर्न अपिल गरेका छन ।

चुनावी सभामा नेकपा एमालेका वडा अध्यक्ष खडग सिंह श्रीस, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष छम बहादुर काउचा, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पृथ सिहं श्रीस, नेकपा माओवादी केन्द्रका विदेश विभाग जापानका संयोजक हर्क थापा, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती, गलकोट नगरपालिकाका उपमेयरका उम्मेदवार ललिता थापा, मेयरका उम्मेदवार फमलाल निउरेले चुनाव केन्द्रित मन्तव्य राखेका थिए । चुनावी सभामा माओवादी केन्द्रलाई चुनावमा विजयी गराउने विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

चुनावी सभा भोली गलकोट नगरपालिका ७ मल्ममा गर्ने कार्यक्रम तय गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । चुनावी सभा लाल बहादुर विश्वकर्माको अध्यक्षता, पृथसिंह श्रीसको स्वागत मन्तव्य र जावन श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung