गलकोट नगरपालिका वडा ८ काडेँबास बजारमा माओवादी सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेकपा माओबादी गलकोट नगरपालिका प्रमुख पदका उम्मेद्वार फमलाल न्युरेले समृद्ध गलकोट निर्माणको लागि माओबादीको टिमलाई विजयी गराउन मतदातालाई आग्रह गरे । त्यस्तैगरी गलकोट नगरपालिका उपप्रमुख पदका उम्मेद्वार ललिता थापाले महिलाहरुको शसक्तिकरण, आय आर्जनमा बृद्धि,मातृ मृत्युदरमा कमी ल्याउन र गलकोटलाई नमुना नगरको रुपमा विकास गर्न गोलाकार भित्रको हसिया हथौडा चिह्नमा मतदात गरी विजयी गराउन मतदाता समक्ष आग्रह गरिन ।
सो अवसरमा नेकपा माओबादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष तिलक उप्रेती, नेकपा माओबादी केन्द्र जिल्ला सहसंयोजक ज्ञामनाथ गैरे अनिल लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
चुनावी सभा निर्वाचन परिचालन समितिका संयोजक आत्माराम शर्माको अध्यक्षता र माओवादी केन्द्र गलकोट नगर समितिका सहसचिव राज थापाको संचालनमा सम्पन्न भएको थियो ।
















































































































































































