२९ बैशाख २०८२, सोमबार

 

नेपाली वचत १० प्रतिशत

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेकाे विवरण अनुसार नेपालीहरूकाे एक सय रूपैया अाम्दानीमा १० रूपैया २५ पैसा वचत गर्ने गरेकाे छ ।  चालू अार्थिक वर्षमा नेपालीहरूकाे कुल गाहस्थ्य उत्पादन ( जीडिपी) काे ८९.७५ प्रतिशत हिस्सा उपभाेगमा खर्च गर्ने गरेकाे छ भने १० .२५ प्र तिशत मात्रै वचत गर्ने गरेकाे छ ।  अाम्दानीकाे ठुलाे हिस्सा वस्तु तथा सेवा उपभाेगमा खर्च हुने गरेकाे छ !कुल गाहस्थ्य वचत कम हुनुकाे अर्थ नेपालीले कमाएकाे पैसा सबै उपभाेग्य वस्तुको खरिदमा खर्च गर्छन भन्ने नै हाे । गत अार्थिक वर्षमा वचत ३.८२ प्रतिशत मात्रै थियाे ।  २०७२ सालमा गएकाे भूकम्प , नाकाबन्दी , अापुर्ति प्रणालीमा अाएकाे समस्या र अान्तरिक उत्पादनकाे कमीकाे कारण वचत घटेकाे थियाे ।  गत वर्ष अधिक मूल्य वृद्धिकाे कारण अाम्दानीकाे सबै हिस्सा उपभाेगमा नै खर्च भएकाे देखिन्छ ।  नाकाबन्दी अन्त्य , अापुर्ति सहज हुनु, पुननिर्माणले अांशीक गति लिनु,स्टक मार्केट बढनुले वचत बढेकाे हाे ! निजी उपभाेग मध्ये धेरै खाघान्नमा मात्रै १२ खर्ब ८७ अर्ब १४ कराेड रूपैया खर्च हुने प्रक्षेपण विभागकाे छ । कुल उपभाेगमा भएकाे खर्च मध्य खाघान्नमा मात्रै खर्चकाे हिस्सा ५५.१६ प्रतिशत छ । यस्तै गैरखाघ तर्फ ४ खर्ब ९८ अर्ब ४४ कराेड अर्थात २१.३५ प्रतिशत र सेवाका लागि १ खर्ब ९५ अर्ब ९३ कराेड अर्थात ८.३९ प्रतिशत खर्च गर्ने प्रक्षेपण छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung