
नेकपा माओबादी केन्द्रका प्रमुखका उम्मेद्वार प्रकास घर्तीले १६ सय २६ मतका साथ अग्रता लिएका छन । नेपाली काग्रेसका डण्डपानी कडेँलले ३ सय ८३ मत प्राप्त गरेका छन । नेकपा माओबादी केन्द्रका उपप्रमुखका उम्मेद्वार दिलकुमारी रोका पुनले १४ सय १ मत प्राप्त गरेकी छिन । नेपाली काग्रेसकी उपप्रमुख उम्मेद्वार चन्द्रकली रोकाले ३ सय ७९ मत प्राप्त गरेकी छिन ।
वडा नं १ मा नेकपा माओबादीका केन्द्रमा यामबहादुर श्रीस विजयी भएका छन । उनले ४ सय ३६ मत प्राप्त गरेका छन । वडा नं २ मा माओबादी केन्द्रकै भद्र घर्तीले ९ सय २९ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका छन । वडा नं ३ को मतगणना जारी रहेको जनाइएको छ ।