
फलेवास (पर्वत), ३ जेठ । पर्वतको दोस्रो नगरपालिका फलेवासमा नेकपा एमालेका युवा नेता पदमपाणी शर्मा बिजयी हुनुभएको छ ।
केहि बेर अघि सम्पन्न मतपरिणाम अनुसार शर्माले नेपाली काँग्रेसका उम्मेदवार गंगाधर तिवारीलाई ३ सय ४८ मतले पछि पार्दै बिजयी भएका हुन् । शर्माले ६ हजार १ सय ३ मतले बिजयी भएका छन् भने निकटतम प्रतिद्धन्द्धि गांगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।
बिद्यार्थी कालदेखिनै नेकपा एमालेको राजनीतिमा होमिएका शर्मा एक जुझारु युवा नेता हुनुहुन्छ । २०३८ सालमा फलेवास नगरपालिका १ कार्किनेटामा जन्मिएका शर्मा ३८ वर्षको उमेरमै फलेवास नगरपालिकाको प्रमुख बन्न सफल हुनुभएको हो । शर्माले विभिन्न विषयमा स्नातकोत्तरको गरिसकेका छन् । परिवारका जेठा छोरा शर्मा सानैदेखि राजनीतिमा लगाब राख्दै आउनुभएको थियो । जिल्लामा विद्यालयको प्रारम्भीक कमिटिको अध्यक्षदेखि अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्य सम्मको नेतृत्व गरिसक्नुभएको छ । उहाँ अहिले नेकपा एमाले पर्वतका जिल्ला सचिब समेत हुनुहुन्छ भने नेकपा एमाले जिल्ला कमिटि पर्वतका पूर्व उपसचिब तथा जिल्ला कमिटि सदस्य समेत भएर काम गरिसक्नुभएको छ ।
शर्मा विद्यार्थी कालमा पोखराको पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष, पश्चिमाञ्चल प्रमुख समेत भैसक्नुभएको छ । उहाँ कार्कीनेटामै रहेको अन्नपुर्ण बहुमुखि क्याम्पसको अध्यक्ष समेत हुन् भने नेपाल चिन समाजको समेत सदस्य रहनुभएको छ । विभिन्न सामाजिक संस्था सँगै पुर्णकालिन राजनीतिमा होमिएका शर्मा पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलका ज्वाई समेत हुनुहुन्छ ।
मुलुकमै पहिलो पटक भएको स्थानिय तहको चुनावमा निकै चुनौतिपुर्ण मानिएको फलेवास नगरपालिकामा भारी मतले बिजयी भएपछि आफु निकै उत्साहित भएको उनले प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेसले आफ्नो गढ भएकोले जीत सुनिश्चित हुने भन्दै आएका बेला शर्माको जीतले फलेवास नगरपालिका बासि थप उत्साहित बनेका छन् ।
उहाँले यस अघिनै फलेवासको चौतर्फि विकासका लागि आफु सक्रिय भएर लाग्ने प्रतिकृया समेत दिनुभएको थियो । फलेवास नगरपालिकाको समृद्धि र विकासका लागि आफु अहोरात्र खटिने बिजयी भएपछि पदमपाणी शर्माले प्रतिकृया दिनुभएको छ । युवा व्यक्तित्व, शिक्षित, अन्य कुनै क्षेत्रमा भन्दा पनि पार्टीमै निरन्तर लागेर गरेको योगदानको कदर आज फलेवासबासीले गरेको उनको प्रतिकृया रहेको छ ।
पदमपाणी शर्मा राजनीतिक व्यक्तित्व सँगै सामाजिक क्षेत्रमा उत्तिकै लोकप्रिय भएकाले सवै दलहरुको सद्भाव उनिप्रति रहेको स्थानियले प्रतिकृया दिनुभएको छ ।
त्यस्तै उपमेयरमा भने नेकपा एमाले पर्वतकी सचिबालय सदस्य मञ्जु अधिकारी बिजयी हुनुभएको छ । उहाँले ५ हजार ९ सय ५४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी नेतृ रेखा गुरुङले ५ हजार ६ सय ४९ मत प्राप्त गर्दैै पराजय व्यहोर्नुभएको छ । विद्यार्थी कालदेखिनै सक्रिय राजनीति गर्दै आएकी अधिकारी पर्वतकी लोकप्रिय महिला नेतृ हुनुहुन्छ । उहाँ नेकपा एमाले स्थायि कमिटि सदस्य सोमनाथ प्यासी अधिकारीकि छोरी हुनुहुन्छ भने सांसद विकास लम्सालकी श्रीमती समेत हुनुहुन्छ । लामो समयदेखि अखिल नेपाल महिला संगठनमा लागेर क्रियाशिल राजनीति गर्दै आएकी शर्माप्रति फलेवासबासीले पहिलेदेखिनै भरोसा गर्दै आएका थिए । बिजयी भैसकेपछि उनले फलेवासी आम महिला तथा समग्र फलेवासको विकासमा सक्रिय भएर लाग्ने प्रतिकृया दिनुभएको छ ।
उक्त नगरपालिकाका ११ वडा मध्ये एमालेले ९ वटा वडामा बिजयी हासिल गरेको छ भने वडा नं. ३ र ११ मा नेपाली काँग्रेसको प्यानलै बिजयी भएको छ । रासस