
स्थानीय तहको निर्वाचनमा बानपा ११ बाट नेपाली काग्रेसका तर्फबाट अध्यक्षमा विजयी युवा नेता ज्ञानेन्द्र गौतमलाई रायडाडाँमा भव्य स्वागत एवं बधाई व्यक्त गरिएको छ । लामो समय देखि पत्रकारीता क्षेत्रमा काम गर्दै आएका गौतम स्थानीय तहको निर्वाचनमा विजयी भएपछि वडाभरका स्थानीयले खुसी साटासाट गरेका छन ।
बाजागाजा सहित स्थानीयले बानपा ११ बाट विजयी अध्यक्ष गौतम लगाए अन्य सदस्यहरुलाई गाउँ गाउँमा पुर्याएका थिए । साविकको रायडाँडा वडा न १ वाट सुरु भएको विजयी ¥याली वडा न ९ मा आएको कोण सभामा परिणत भएको थियो । विजयी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले स्थानीय तहको निर्वाचनमा पार्टीले भोग्नुपरेका तिता मिठा कुरालाई आत्मसाथ गरि आगामी दिनमा अगाडि बढने बताए । उनले निर्वाचनमा चाहे अनुसार सफलता प्राप्त गर्न नसकेपनि आगामी दिनमा मार्गदर्शनको रुपमा लिएर हरेकको मन मुटुमा बस्न सक्ने बनाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नव निर्वाचित वडाध्यक्ष ज्ञानेन्द्र गौतमले चुस्त दुरुस्त राख्न वडाको विकासको लागि कटिबद्ध भएर लाग्ने बताए ।
नमुना वडाको रुपमा अगाडी लैजान आफु सक्रिए भएर लाग्ने हुँदा स्थानीयको सम्पूर्णको सहयोग र साथ आवश्यक पर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णशंकर श्रेष्ठ,त्रिचन्द्र क्याम्पसका इकाई सभापति बिष्ण’ पौडेल,क्षेत्रीय सदस्य टेकबहादुर कुवर ‘सन्तोस’,नवनिर्वाचन वडा सदस्य दुर्गाबहादुर थापा लगायतले बोलेका थिए ।
बानपा ११ का कोषाध्यक्ष घनश्याम पौडेलको अध्यक्षता,क्रियाशिल सदस्य रत्नाकर गौतमको स्वातग र क्षेत्रीय प्रतिनिधि मिलक केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । गौतमले स्थानीय तहको निर्वाचनमा बानपा ११ बाट ६ सय ५ मत प्राप्त गरि विजयी भएका थिए । गौतम नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य,बागलुङ एफ.एम.का स्टेशन म्यानेज लगायत बिभिन्न केन्द्रियस्तरका संचार माध्यममा काम गर्दै आएका थिए ।