१२ बैशाख २०८१, बुधबार

 

पुरस्कारको रकम भूकम्प पीडितलाई

डाक्टर रवीन्द्र समीरको संस्मरणात्मक कृति भूकम्पमा मल्हमपट्टीलाई पुरस्कृत गरिएको रकम लेखक समीरले भूकम्प पीडितलाई दिने भएको छन । उत्तम शान्ती पुरस्कारबाट पुरस्कृत उक्त कृतिको लागि उत्तम कँुवर स्मारक पुरस्कार गुठीले ५० हजार नगद सहितको पुरस्कार साहित्यकार समीरलाई प्रदान गर्ने घोषणा गरेको छ । भूकम्पका बेलाका विविध घटनामा चिकित्सकको रूपमा सहभागि भएर मानवीय कार्यमा संलग्न भई त्यति बेला अनुभूत गरेका भावहरूलाई सुन्दर , सरल र सहज शिल्पका साथ समाजमा प्रस्तुत गरेकोले समीरलाई पुरस्कृत गरिएको गुठीका सदस्य सचिव डा ठाकुर पराजुलीदारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

नेपाली साहित्यिक पत्रकारिताका महत्वपूर्ण योगदान गरेका उत्तम कुवरको सम्झनामा २०४४ सालमा स्थापित पुरस्कार गुठीले निबन्ध , संस्मरण , आत्माकथा र जीवनी जस्ता कृतिलाई प्रत्यक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । लेखकले पुस्तकको बिक्रीबाट आएको रोयल्टी रकम समेत भूकम्प पीडितलाई दिने निर्णय गरेका थिए । लेखकले यही जेष्ठ महिना  भित्र सिन्धुपाल्चाेककाे भाेटेचाैरमा निःशुल्क स्वास्थ्य शिविरकाे अायाेजना गर्ने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्