बागलुङ – जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधीहरु कुनै न कुनै सहकारीमा आवद्ध रहेका छन । भर्खरै सम्पन्न स्थानियत तहको निर्वाचनममा पछि सहकारीकर्मीहरुको एक अध्ययनले निर्वाचित प्रमुख तथा उपप्रमुखहरु जिल्लामा रहेका सहकारी संस्थाको सञ्चालक तथा सेयर सदस्य रहेको देखिएको छ । सहकारी संस्था एवं वित्तिय संस्था सञ्चालन गरेर जनतालाई सेवासुविद्या दिएर आम जनताको विश्वास जितेको धेरैको भनाई छ । लामो समय सहकारी अभियानमा लागेका व्यक्तिहरु यो निर्वाचनमा जनप्रतिधि बन्न सफल बन्न सफल भएको आकंलन गर्न सकिन्छ । जिल्ला सदरमुकाममा मात्र नभएर गाउँ गाउँमा समेत सहकारी सञ्चालन गर्दै आएका सहकारीकर्मी अहिलेको स्थानीय तहमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएको राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसीले बताए ।
ढोरपाटन नगरपालिका निर्वाचित प्रमुख देवकुमार नेपाली जिल्ला सदरमुकाममा रहेकोे ईमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन । त्यस्तै काठेखोला गाउँपालिका अध्यक्ष अम्मरबहादुर थापा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुन । बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेल बिहानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ बागलुङका सञ्चालक समेत हुन । त्यस्तैगरी बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजा जिल्ला कृृषि सहकारी संघका सदस्य हुन । बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल जिल्लामा रहेका विभिन्न सहकारीमा आवद्ध रही सल्लाहकारको रुपमा रहेका छन । जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेल सिवाईसी साकोसका सल्लाहकार हुन ।
त्यस्तैगरी जैमिनी नगरपालिका उपप्रमुख लिला राना जिल्ला कृषि सहकारी संघका पूर्व अध्यक्ष समेत हुन । बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बास्कोटा महिला हित बचत तथा ऋण सहकारी संस्थाकी सचिव हुन । बानपा ५ का अध्यक्ष शिव सापकोटा जिल्ला सहकारी संघका पूर्व सञ्चालक हुन । बा.न.पा. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम पनि बागलुङ सुचना तथा संचार सहकारी संस्था लिमिटेडको सचिव तथा निलगिरी, र सिवाईसि सहकारीको संचालक समितिमा रहेका छन । बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल पैयुँपाटामा रहेको पंचायन बचत तथा ऋणसहकारी र सानाकिसान सहकारी लगायतका थुप्रै सहकारीमा आवद्ध रहेका छन । बा.न.पा. १३ का चक्रबहादुर खत्री पनि राहत बचत तथा ऋण सहकारी संस्थामा आवद्ध रहेका छन । काठेखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष यामबहादुर श्रीस तिनचुले बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन । काठेखोला गाउँपालिका वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेल जिल्ला सहकारी संघका सचिव तथा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष हुन । काठेखोला गाउँपालिका वडा नं ७ का अध्यष प्रेम लामिछाने जिल्ला कृषि सहकारी संघका सचिव हुन । जिल्लाको १० स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरु अधिकांश सहकारीमा क्रियाशील रहेका छन । झन्डै ७० प्रतिशत निर्वाचित प्रतिनिधीहरु कुनै न कुनै सहकारी आबद्ध रहेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए । ‘हामीले अध्ययन गर्दा निर्वाचित जनप्रतिधिहरु सहकारी संस्थामा क्रियाशील रहेको पाएका छौँ, कोही अध्यक्ष हुनुहुन्छ । कोही सञ्चालक ।’ अध्यक्ष गौतमले भनेँ ।













































































































































































































