३१ बैशाख २०८१, सोमबार

 

‘तपाई जे व्यवसाय गर्नुहुन्छ, मनै देखि गर्नुहोस्, एक दिन सफल भईन्छ’ भन्छिन् धना

धना सुनार छोटो समयमै उच्च सफलताको शिखरमा पुग्ने एक सफल महिला सुनचाँदि व्यवसायी हुन् । गलकोट नगरपालिका हरिचौरमा जन्मिएकी उनी साढे २ बर्षदेखि बागलुङ नगरपालिका वडा नम्बर–२ जीप पार्कमा शुभलक्ष्मी सुनचाँदी गहना पसल सञ्चालन गर्दै आएकी छन् । उच्च मनोवल सहित निरन्तर आफ्नो व्यवसायमा लागे छोटो समयमै सफलता प्राप्त गर्न सकिने उनको अनुभव छ । उनले आफु जस्तै अरु महिला दिदिबहिनीहरुलाई पनि ‘तपाई जे काम गर्नुहुन्छ, आँटेर गर्नुहोस्, मनै देखि गर्नुहोस्, गर्ने हो भने सबै कुरा सम्भब छ । ईच्छा र तत्परता हुनु जरुरी नै छ । यति भयो भने जुन सुकै व्यवसायमा पनि एक दिन सफल भईन्छ ।’ भन्ने सुझव दिन्छिन् । यहाँ प्रश्तुत छ नयाँ विश्वका लागि सुमित्रा सुनारले लिनुभएको अन्तरबार्ताको सम्पादित अंश ।

१. तपाइले योे व्यबसाय कसरी सुरु गर्नुुभएको भयो ?

यो पहिले देखिको पूख्र्यौली पेसा हो । त्यसैले मलाइ यो व्यवसाय गर्न एकदमै इच्छा थियो । अनि धेरै थोरै आफुुुुसंग अनुभव भएको कारणले गर्दा पनि मैले यो व्यवसाय सुरु गरे ।

२. यो व्यवसायमा तपाईलाई क–कस्को साथ छ ?

बाबा, आमा, दाइ, छोरी सम्पुर्ण परिवारको साथ छ ।

३. अहिले बजारमा सुन–चाँदीको माग कत्तिको छ ?

पहिले जस्तो धेरै त छैन तर राम्रै चलिराखेको छ ।

४. तपाईको पसलमा कस्ता कस्ता गहना पाइन्छ ?

आधुनिक डिजाइनका गहना सबै पाइन्छ र गहना साटफेर पनि गरिन्छ ।

५. पछिल्लो समय बजारमा कस्ता डिजाइनका गर–गहनाको माग छ ?

नयां डिजााइनका गर–गहनाको माग बढि हुनु त त्यो समयको माग नै हो । तर पछिल्लो समयमा पूराना जस्तै–जन्तर, नौगेडी, तिल्हरी, चन्द्रमा, मादवरी, जस्ता पूराना डिजाइनका गहनाको पनि एकदमै माग छ ।

६. तपाइले यो व्यवसाय सुरु गर्दा कति लगानी गर्नुभएको थियो ?

सुरु सुरुमा सामान्य रुपमा सञ्चालन गरेँ । सुरु गरेको दुई बर्षपछि बजारमा विस्तारै–विस्तारै गहनाको माग बढ्न थाल्यो । माग बढेसँगै लगानी पनि बढाउँदै लगेँ । अहिले ६० लाख रुपैयाँ भन्दा धेरै लगानी भएको छ , १ करोड झण्डै।

७. पसलमा कति जनालाई रोजगारी दिनुभएको छ ?

अहिले ८ जना कालिगढले काम गरिरहेका छन् ।

८. एक जनाले मासिक तलब कति पाउँछन् ?

उनिहरुले गरेको कामको प्रतिशतको आधारमा मैले तलब दिने गरेको छु । धेरै काम गर्न सके भने तलब पनि धेरै नै हुन्छ । सरदर २५ देखि ३० हजार रुपैयाँ सम्म पाउने गरेका छन् ।

९.तपाई एक सफल महिला व्यवसायी हुनुहुन्छ, यो प्रगतिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

वास्तबमा म अहिले धेरै खुसि र सन्तुष्ट छु । जीवनमा धेरथोर संघर्ष त गर्नु नै पर्छ ।

१० .नयाँ विश्वमार्फत अन्तमा के भन्न चाहनुहुन्छ ?

ठुलो काम होस वा सानो काम होस्, त्यसमा म महिला वा म पुरुष भनेर आफुलाई कमजोर ठान्नु हुँदैन । आँट र उच्च मनोवलले काम ग¥यो भने अबश्य सफल भईन्छ । म जस्तै अरु महिला दिदिबहिनीहरुलाई पनि तपाई जे काम गर्नुहुन्छ, आँटेर गर्नुहोस्, मनै देखि गर्नुहोस्, गर्ने हो भने सबै कुरा सम्भब छ । ईच्छा र तत्परता हुनु जरुरी नै छ । यति भयो भने जुन सुकै व्यवसायमा पनि एक दिन सफल भईन्छ ।

प्रतिक्रिया दिनुहोस्