नेकपा एमाले सम्बद्ध युवा सँघ नेपालले शुक्रबारदेखि पश्चिमाञ्चल यातायात बस ब्यबसायी समितिको काउन्टर बुर्तिबाङमा अनिश्चतकालीन तालाबन्दी गरेको छ ।
शुक्रबार साँझ ६ बजेको समयमा ढोरपाटन नगरपालिका मेयर देब कुमार नेपाली, उपमेयर करमती घर्ती, नेकपा एमाले नेता मोहनलाल शर्मा, एमाले प्रदेश नम्बर–४ का संघिय मामिला तथा स्थानिय तह विभागका सदस्य टँक पौडेल, युवा सँघ नेपालका सँयोजक बिर बहादुर बिक लगाएतका नेता कार्यक्रताद्वरा संस्थाको काउण्टरमा तालाबन्दी गरीएको थियो ।
काउन्टरका कर्मचारी प्रेम तामाङलाई यातायात ब्यबसायीले स्थानीय तह चुनाबको सम्मुखमा आएर बिना गल्ति अबकास दिएको भन्दै उनलाई पुनरबहाली नगर्दा सम्म काउन्टर नखोल्ने र बुर्तिबाङ देखि छुट्ने पश्चिमाञ्चल यातायात समितिका सवारी चल्न नदिने र गुल्मि हुँदै भित्रिने सवारी साधन भित्रिन नदिने बताउँदै एक बिक्षप्ती प्रकाशित गरीएको युवा सँघ नेपाल बुर्तिबाङका अध्यक्ष बिर बहादुर बिकले बताएका छन् ।
उनका अनुसार प्रेम तामाङ बिगत ८ बर्षदेखि पश्चिमाञ्चल बस ब्यबसायि समितीको कार्यालय बुर्तिबाङमा कार्यरत रहेको र स्थानीय तह चुनाबमा माओबादी केन्द्रबाट पार्टि परीत्याग गरी नेकपा एमालेमा प्रबेश गरेकै कारण उनलाई हटाईएको दाबि गर्दे पहिले गल्ति गर्दा अबकास नदिने तर पार्टि प्रबेश गरेको केहि दिनमै अबकास दिनु न्यायोचित नभएको भन्दै तालाबन्दी गरीएको र आफनो माग सुनुवाई नभएसम्म कुनै हालतमा बुर्तिबाङ बुटवल खण्डमा सञ्चालन हुने पश्चिमाञ्चल समितीका सवारी अबरुद्ध पारीरहने बताउनु भयो ।
उता यातायात समितीले करीब एक हप्ता पहिले प्रेम तामाङलाई हटाई लोक बहादुर भण्डारीलाई चयन गरेको थियो । यातायात समितीका अध्यक्ष ददिराम खरेलसँग सम्पर्क राख्दा तामाङले पटक पटक गल्ति गरीराखेको र धेरै पटक गल्ति गर्दापनी कार्वाहि नभएपनी नियमभन्दा बढि अमानबिय ब्यबबहार भएका कारण हटाईएको र कुनै राजनैतिक दलले सँस्थामाथि हस्तक्षप गर्न खोजे राम्रो नहुने बताउँदै जनताको सेवा सुबिधामा हस्तक्षप गर्न नहुने बताउनु भयो ।
केहि व्यक्तिले पार्टिको बदनाम हुने गरी कानुन हातमा लीने अधिकार कसैसँग नभएको र यसलाई राजनैतिकरण गरेर अगाडि बद्न नहुने बताउनु भयो । यस बिषयमा यहाँ स्थित क्रान्तीकारी माओवादीका नेता गुञ्ज भण्डारीले सहमती र सम्बादको पक्षमा जानुपर्ने तर यातायात ठप्प पारेर यात्रुलाई दुख दिने काम गर्न नहुने बताउनु भयो । यसैबिच अन्य यातायात ब्यबसायिले समेत एक जना कर्मचारीको लागि काउन्टरनै बन्द गरेर यातायात सञ्चालन हुन नदिने प्रवृत्तिको बिरोधमा शनीबार सवारी आवत–जावत ठप्प पार्ने चेतावनी दिएका छन् ।





























































































































































































