ढोरपाटन नगरपालिकाका मेयर तथा उपमेयर सहित एमाले नेता र युवा संघ नेपालले ताला लगायको पश्चिम नेपाल बस व्यवसायी समितिको बुर्तिबाङ काउन्टर खुलेको छ ।
सवारी धनी तथा यात्रुलाई समेत पटक–पटक अभद्र व्यवहार गर्ने, संस्थाको नियम विपरित जथाभावि शुल्क उठाउने जस्ता अनुसासनहिन गतिविधि गरेका कारण काउन्टरका ईन्चार्ज प्रेमबहादुर गुरुङ तामाङलाई जेठ १० गते बसेको बस सञ्चालक समितिको बैठकले कारवाहि गरेको थियो । 
राजनितिक प्रतिसोधका आधारमा विना कारण आफ्नो कार्याकर्तालाई जागिरबाट निकालिएकाले पुनर्वाहलि गरिनुपर्ने माग गर्दै एमाले नेता टंकप्रसाद पौडेल, मोहनलाल शर्मा, नगरपालिकाका मेयर देबकुमार नेपाली, उपमेयर करमति घर्ती, वडा नम्बर–९ का अध्यक्ष हरिबहादुर घर्ती, एमाले निकट युवा संघ ढोरपाटन नगर संगठन संयोजक बिरबहादुर विश्वकर्मा लगायतले काउन्टरमा तालाबन्दी गरेका थिए ।
एक जना कर्मचारी हटाईएको विषयमा स्थानिय तहका प्रतिनिधि नै तालावन्दीमा उत्रिएपछि उनिहरु विवादमा तानिएका थिए ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा भएका सर्वपक्षिय सर्वदलिय छलफलको सहमती पछि एमाले निकट युवा संघले विज्ञाप्ति मार्फत तामाङको पुनर्वाहलिको माग गर्दै हिजो शुक्रबार साँझ काउन्टरमा लगाएको ताला खुलेको हो ।
काउन्टर खुलाई यातायात सुचारु गर्न भन्दै बुर्तिबाङमा रहेका आधा दर्जन बढी यातायात व्यवसायी समितिका प्रतिनिधिले ईलका प्रकाशन कार्यालयमा दिएको निवेदन माथि छलफल गरि ताला खोलेर यातायात सेवा सुचारु गर्ने, प्रेमबहादुर तामाङलाई जागिरबाट निकालिएको विषयमा प्रसाशन मार्फत समन्वय गरि समस्या समाधानको पहल गर्ने सहमती भएको छ ।
उता पश्चिमाञ्चल यातायात समितिका अध्यक्ष दधी खरेलले चाहिँ समितिले गरेको निर्णय यथावत रहने र चित्त नबुझे सम्बन्धित व्यक्ति श्रम विभागमा उजुरी गर्न जानसक्ने बताए ।





























































































































































































