३ जेष्ठ २०८२, शनिबार

 

धौलागिरी बहिरा विद्यालयद्वारा मेयर–उपमेयरलाई स्वागत

धौलागिरी आवासिय बहिरा विद्यालय बागलुङले एक कार्यक्रम गरि बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ ।
कार्यक्रममा नगरपालिकाका मेयर जनक पौडेल, उपमेयर सुरेन्द्र खड्का, नगरकार्यपालिका सदस्य लक्ष्मी बोहरालाई स्वागत तथा सम्मान गरिएको हो ।
सो अवसरमा मेयर पौडेल, उपमेर खड्का, नगरकार्यपालिका सदस्य बोहरा, बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा द्वोभाषे देबि कार्की र दुर्गादेवि शर्माले गरे ।

सो अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता र विद्यालयको परिक्षा उत्तिर्ण विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष केबि राना मगरको अध्यक्षता, प्रधानाध्यापक मधुसुधन निउरेको स्वागत तथा शिक्षकद्वय नविन शिशिर र रेशमबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung