बागलुङ जिल्लामा क्रियाशिल पत्रकार संचारकर्मी सँग नसर्ने रोगका बारेमा आज अन्तरक्रिया गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ बिकास तथा अनुसन्धान केन्द्र काठमाण्डौको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अव्यवस्थित जिवनशैलीले स्वास्थ्यमा ठुला समस्या देखिने गरेको भन्दै यसमा सजगता अपनाउन जरुरी भएको बताएका थिए ।
कार्यक्रममा धौलागिरि अञ्चल अस्पतालका सर्जन डाक्टर सुजन गौतमले अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोग झन् ठुलो समस्याको रूपमा आएको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनाल, बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सुनिल कुमार जैसवालले नसर्ने रोगको रोकथाम र व्यवस्थापन गर्न सकिने भएकाले मद्यपान, धुम्रपान जस्ता बिषयबाट टाढा बस्नुपर्ने बताउनुभयो ।
शारिरिक रुपमा सक्रिय रहने, फलफुल सागसब्जी प्रशस्त खाने, योग ध्यानहरु गर्ने गरेमा पनि नसर्ने रोगबाट बच्न सकिने उनीहरुको सुझाव थियो ।
कार्यक्रममा सकजकर्ता एवम् स्वास्थ्य पत्रकार पदमराज जोशी र नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले स्वास्थ्य पत्रकारिता आजको समयको अपरिहार्य बिषय भएकाले यसको संवेदनशिल हिसावले कलम चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत जीवनकुमार शाक्यको अध्यक्षता, चुडामणि कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































