
गलकोट साहित्य मञ्च विस्तार महेन्द्र मावि गलकोट नगरपालिका वडा नम्बर -२ नरेठाटीमा साहित्य अनुरागी विद्यार्थीहरुको भेलाले सितल परियारको अध्यक्षतामा ११ सदस्यीय साहित्य समूह गठन भएको छ ।
समितिको उपाध्यक्षमा समिक्षा शर्मा, आशा खत्री, सचिव सुदीप भण्डारी, सहसचिव रमेश पुन कोषाध्यक्ष लक्ष्मण भण्डारी सदस्यहरुमा सम्झना सुनार, शान्ति बि क ,सन्ध्या भण्डारी, निग्मा पुन र सागर सुनार रहेका छन ।
गलकोट साहित्य मञ्च बागलुङका उपाध्यक्ष सरू अनामिका को प्रमुख आतिथ्यमा सम्पन्न भेलाले गलकोट को साहित्यिक गतिविधिमा सक्रिय सहभागी बन्दै नरेठाटीमा साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सितल परियारले बताए ।
गलकोट साहित्य मञ्च बागलुङको यो पहिलो शाखा भएको र गलकोट बहुमुखी क्याम्पस हटियामा शुक्रबार शाखा विस्तार गरिने कार्यक्रम रहेको छ ।