बागलुङ दिगो शान्ति, राष्ट्र बिकासको आधार भन्ने मुल नारा सहित द्वन्द्व ब्यबस्थापन तालिम बागलुङ सदरमुकाममा सम्पन्न भयो ।
स्थानीय शान्ति समिति बागलुङको आयोजनामा भएको जिल्लाका सरोकारवाला लाई आयोजित तालिमले समाजमा रहेको द्वन्द्व ब्यबस्थापन गर्न सहज हुने सरोकारवालाको धारणा थियो ।
अहिले द्वन्द्व ब्यबस्थापन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि कार्यप्रगति प्रभाबकारी नभएकाले पनि द्वन्द्व ब्यबस्थापन हुन नसकेको धारणा सो कार्यक्रममा सहजकर्ता कपिल मणि दाहालले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धु्ब गरी, जिल्ला समन्वय समितिका स्थानीय बिकास अधिकारी राम प्रसाद आचार्य, बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जब्बर बहादुर लामिछाने, पुनरावेदन बारका उपाध्यक्ष हरिकृष्ण सुवेदी लगायतका बक्ताहरूले समाजमा द्वन्द्व ब्यबस्थापन गर्न सरोकारवालको सकारात्मक भुमिका आवश्यक रहेको बताए ।
कार्यक्रमको अध्यक्षता स्थानीय शान्ति समितिका संयोजक राजु माझीले स्वागत स्थानीय शान्ति समितिका पुर्ब संयोजक डिल्ली राज गौतम संचालन स्थानीय शान्ति समितिका कार्यालय प्रमुख लक्ष्मी गौतमले गरेकि थिइन ।
द्वन्द्व ब्यबस्थापन तालिममा स्थानीय शान्ति समितिका सदस्यहरू संचारकर्मी सहभागी भएका थिए ।





























































































































































































