७ जेष्ठ २०८१, सोमबार

 

यु.यस. एकेडेमीमा जुरेस पुर्नगठन

बागलुङ सदरमुकामस्थित यु.यस. ऐकेडेमीमा जुनियर रेडक्रस सर्कल पुर्नगठन भएको छ । बुधबार आयोजित पुर्नगठन कार्यक्रमबाट आयुस शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा आयुष्का बुढाथोकी, सचिवमा प्रविण शर्मा, सह–सचिवमा ममता खत्री, कोषाध्यक्षमा सुजन कँडेल र सह–कोषाध्यक्षमा स्नेहा शर्मा रहनुभएको छ ।

यस्तै, सदस्यमा ममता अधिकारी, अस्मिता काउचा लगाएत चुनिनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बागलुङका मन्त्री नारायण पौडेलले नव गठित समितिले आफ्ना कृयाकलापहरुलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सोसाइटीका जुरेस/

युरेस संयोजक जीवननाथ शर्मा, विद्यार्थी प्रभा केसी लगाएतले मन्तव्य राख्नुभएको थियो ।

जुरेसका निवर्तमान शिक्षक नायक शिव शर्माले गत वर्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका संरक्षक एव्म प्रधानाध्यापक दल थापाले नवगठित समितिका पदाधिकारी, सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

गतवर्ष जुरेस यु.यस. एकेडेमि जिल्लाकै उत्कृष्ट बनेको थियो । वर्ष २०७४ लागि बनेको नयाँ समितिको कार्यअवधि आगामी एक वर्षसम्मको हुनेछ ।

विद्यालयका प्रअ थापाको अध्यक्षता, शिक्षक डोलेन्द्र कार्कीको स्वागत मन्तव्य र शिक्षक भीम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्