४ श्रावण २०८३, सोमबार

 

हुने खानेलाई माेज छ जिन्दगी (कविता)

हुने खानेलाई सधैं सधैं
माेज नै माेज छ जिन्दगी
गरिब दुखीलाई बाेझछ  जिन्दगी
कसैलाई यहीँ सिंहदरबार छ
कसैलाई काँडे तार छ जिन्दगी
न त जिउन सकिने
न त मर्न नै  सकिने
कसैलाई फलिफाप छ जिन्दगी
कसैलाई अभिसाप छ जिन्दगी
न त सरकारले केही बुझ्छ
न त गरिबकाे लागि केही गर्छ
सबै निर्दयी छन् याे संसारमा
किन भगवान पनि निर्दयी छन्
गरिब दुखीकाे लागि अचम्म छ
अहिले भगवान पनि पक्षपाती
बनेका छन्   अहिले
मन्दिर पनि हुने खाने कै भएको छ
भगवान पनि हुने खाने कै बनेकाे छ अद्दा अदालत  सबै पक्षपाती
बनेको छ अहिले न्याय पनि
थाेककाे भाउमा किन बेच हुन्छ
हुने खानेलाई सधैं माेज छ
गरिब दुखि लाई बाेझ छ जिन्दगी

राजेशचन्द्र राजभण्डारी, बागलुङ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung