तनाव ब्यबस्थापन आनन्दमय जीवन रहस्य बिषयमा एक दिने प्रशिक्षण कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भयो ।
बागलुङ उद्योग बाणिज्य संघ र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको संयुक्त आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक रमन भट्टराईले अहिलेको आधुनिक युगमा मान्छेहरू लाई तनावका कारण उत्पान्न हुने समस्या बढेर गएको भन्दै कम गर्ने तर्फ दिनुपर्नेमा जोड दिए ।
जीवन सुन्दर बनाउन वरिपरिको बाताबरण राम्रो हुन जरुरी रहेको भट्टराईको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तनाव ब्यबस्थापन आनन्दमय जीवनको रहस्य प्रशिक्षण कार्यक्रमको ृउद्घाटन गरेका थिए ।
कार्यक्रम संचालन बागलुङ उद्योग बाणिज्य संघका महासचिव दयाराम पौडेलले गरे । प्रशिक्षण कार्यक्रममा बागलुङका व्यवासायी, उद्यामी तथा महिला संचारकर्मीको उपस्थिति रहेको थियो ।













































































































































































































