३ जेष्ठ २०८१, बिहीबार

 

पुर्खादेखिकै सुनचाँदी व्यवसायमा जम्दैछन् घमाल दाजुभाई

राजेन्द्र घमालका दाजुभाईले बागलुङ बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । राजेन्द्रले लालिगुराँस चोकमा सगरमाथा सुनचाँदी पसल चलाउँछन् । उनका भाई राजेश घमालको धौलागिरीचोकमा पञ्चकोट सुनचाँदी पसल छ । उनीहरुले दाजुभाईकै सहकार्यमा यो व्यवसाय गरेका हुन् । गुणस्तरिय सुनचाँदीको कारोवारबाट ग्राहकको विश्वास जित्नसके व्यवसाय राम्रो हुने उनीहरुको अनुभव छ । बाउ बाजेले गर्दै आएको परम्परागत पेशालाई दाजुभाई सहकार्य गरि व्यवसायीकरण गरेका उनीहरु यसमै जमेका रमेका छन् । यसैबाट हुने आम्दानीले घरपरिवार धानेका छन् । बालवच्चा पढाएका छन् । परिवारसँगै आफ्नै देशमा पेशा गरेर सन्तुष्ट छन् । यहाँ प्रश्तुत छ, पञ्चकोट सुनचाँदी पसलका सञ्चालक राजेश घमालसँग नयाँविश्व डटकमका लागि सुमित्रा सुनारले गरेको कुराकानी

राजेश घमाल

१) तपाइले यो व्यवसाय कहिले र कसरी सुरु गर्नुभयो ?
यो पेसा मैले भन्दापनि पुख्र्याले नै सुरु गरेका हुन् । सुरुवात नै पुर्खाबाट भयो । त्यसैले काम पनि बाबु बाजेबाटै सिकेँ र सुरुवात गरेँ । मेरो माध्यमिमक तहको पढाइ सकिएपछि सुरु गरेँ ।

२) तपाइले यहि पेशानै किन रोज्नु भयो ?
यो पेशा बारे पुर्खाबाटै सिक्ने अवसर मिल्यो । धेरै थोरै ज्ञान घरमै पाईयो । केहि अनुभव पनि भएकाले यो पेशा सुरु गरियो । यसैलाई निरन्तरता दिउँ भन्ने लाग्यो । जानिराखेको पेशा हुँदाहुँदै अरु किन रोज्ने भनेर यहि काम अङ्गालियो ।

३) यो व्यवसायमा कस्ता चुुनौती छन् ?
सामान्यतया काम गर्दा समस्या, चुनौती त आउँछन् नै, तर पनि यो भनेको त झनै सुनचाँदिको कारोबार हो । यसमा बढि जोखिम छ । सुन लिएर आउँदा बाटोमा गाह्रो हुन्छ । माग अनुसारको सुन नपाउने समस्या पनि छ । बैंकबाट चाहिए जति सुन दिँदैन । समयमै पाउन पनि गाह्रो छ ।

३) कति जनालाई रोजगारीको अवसरम दिनुभएको छ ? ज्याला कति पाउँछन् ?
काम गर्न ६ जना कामदार छन् । उनीहरुले गर्ने काम हेरेर प्रतिशतका आधारमा ज्याला पाउँछन् ।

४) अहिले बजारमा कस्ता किसिमको गहनाहरुको माग छ ?
अहिले पहिल्लो समयमा धेरै जसो आधुनिक डिजाइनका गहनाहरुको माग छ । केहि पुराना जस्तै नौगेडी, मंगलसुत्र, जन्त छर खोज्नेहरु पनि आउँछन् । नेपाली मौलिकता र पहिचान झल्काउने गहनासँगै आधुनिक तथा फेशनेवल गहनाको माग बाढि छ ।

५) पहिलेको व्यापार र अहिलेमा के फरक छ ?
पहिले र अहिलेमा धेरै फरक छ । पहिला रसायनिक सामान बन्थे र विचमा केडियम गहनाहरुको माग थियो । अहिले पछिल्लो समयमा जिम्न केडियम गहनाहरुको बजार भएपनि व्यापार राम्रै छ ।

६) तपाइ यो व्यावसायमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो यो व्यवसायमा सन्तुष्ट नै छु । किनकि आफुले व्यासायमा गरेको लगानी अनुसारकै आम्दानी हुन्छ । आफ्नै घरपरिवारसँग आफ्नै ठाउँमा बसेर काम गर्न पाउनु खुसीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्