
बडीगाड गाउँपालिका–५ ग्वालीचौर जीप दुर्घटनाका सवै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । सोमबार विहान भएको दुर्घटनामा ४ जनाको घटना स्थालमै मृत्युभएको थियो । ६ जना घाईते थिए । उनीहरु सबैलाई थप उपचारको लागि हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल काठमाण्डौ पठाईएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिए ।
‘दुर्घटना लगत्तै हामीले सिडियो साब मार्फत हेलिकप्टर ल्याउने पहल गरेका थियौँ’, पाईजाले भने, ‘भर्खरै ६ जना घाईते र अरु तीन जना आफन्त सहित ९ जनलाई काठमाण्डौ पठाईयो ।’ प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको समन्वयमा ग्रहमन्त्रालयले हेलिकप्टर पठाएको हो ।
दुर्घटनामा बडिगाड–८ रणसिंहकिटेनीका भिम वहादुर शेर्वुजा, टेक वहादुर पाइजा र दिपशिखा पाइजा गम्भीर घाईते भएका छन् । उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
बडिगाड–८ कै बालमति पाइजा र दिनेश पाईजा तथा गलकोट नगरपालिका–१० पाण्डवखानी भिम वहादुर श्रीस पनि घाईते छन् । यसअघि उनीहरुको ग्वालीचौर स्वाथ्यचौकीमा सामान्य उपचार गरिएको थियो ।
दुर्घटना स्थाल जिल्ला सदरमुकामबाट पुष्पलाल मध्यपहाडीलोकमार्गमा सवारी सधानको ५ घण्टा पश्चिमको यात्रापछि पुगिन्छ । जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए ।
दुर्घटनामा परि बाढिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएको हो ।