२९ बैशाख २०८२, सोमबार

 

युएसका विद्यार्थीले आफ्नो खाजा खर्चबाट बाढी पहिरो प्रभावितलाई सहयोग पठाए

युएस एकेडेमीमा रहेको जुनियर रेडक्रस सर्कलले बाढी पहिरो प्रभावितका लागि सहयोग रकम पठाएको छ । सर्कलमा आवद्ध सदस्य, विद्यालयका विद्यार्थी तथा शिक्षकबाट जुटाईएको ५ हजार ४ सय ३२ रुपैयाँ रेडक्रस सोसायिटीको बागलुङ शाखा मार्फत प्रभावित क्षेत्रका लागि पठाएका हुन् ।

विद्यालयमा गरिएको कार्यक्रममा प्रिन्सिपल दल थापा र सर्कलका अध्यक्ष आयुस पौडेलले संयुक्त रुपमा जुनियर तथा युवा रेडक्रस सर्कल बागलुङ शाखाका संयोजक जीवननाथ शर्मालाई हस्तान्त्रण गरे ।

उनी मार्फत सहयोग रकम रेडक्रसको जिल्ला शाखामा पुग्ने र शाखाबाट प्रभावितसम्म पु¥याउने प्रिन्सिपल थापाले बताए ।

‘हामी र हाम्रा साथीहरुबाट आफ्नो खाजा खर्च कटाएर यो रकम जुटाएका हौँ’, युएस एकेडेमी जुनियर रेडक्रस सर्कलका अध्यक्ष आयुस पौडेलले भने, ‘नेपालीलाई परेको संकटमा हामीले पनि सक्दो सहयोग गर्नुपर्छ भनेर रेडक्रस मार्फत रकम पठाएका हौँ ।’

उनले विद्यार्थीको अभियानमा विद्यालय र शिक्षकबाट पनि सहयोग र प्रेरणा पाएको बताए ।

विद्यार्थीको सहयोग रकम लिएपछि जिल्ला संयोजक शर्माले मानविय संकटमा विद्यार्थीले गरेको सहयोग सानो भएपनि सन्देशका हिसावले निकै महत्वपुर्ण र प्रशंसनिय भएको बताए ।

उनले सहयोग रकम आफुले रेडक्रसको जिल्ला शाखामा पु¥याउने बताए ।

प्रिन्सिपल थापाले विद्यार्थीको प्रयास सह्रानिय भएको भन्दै वालबालिकाको रचनात्मक कार्यमा विद्यालयले साँधै सहयोग गर्ने बताए ।

सोहि अवसरमा विद्यालयमा भएको तीज गीतमा नृत्य प्रतियोगितामा विद्यार्थीले आफ्नो प्रतिभा देखाए ।

 

कक्षा ५ सम्माका विद्यार्थी सहभागी भएको जुनियर तर्फको नृत्यमा बर्षा पौडेल प्रथम, शिवानी राना द्वितिय र साधना शर्मा तृतिय भएका थिए ।

कक्षा ५ देखि १० सम्माका विद्यार्थी सहभागी सिनियरतर्फको नृत्यमा अस्मीता छन्त्याल प्रथम, दिया पाण्डे द्वितिय र सचिता पौडेल तृतिय भए ।

कार्यक्रममा विद्यालयका शैक्षिक ईञ्चार्ज शिव शर्मा र शिक्षक नायक भिम शर्माले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम जुनियर रेडक्रस सर्कल युएस एकेडेमीका अध्यक्ष आयुस पौडेलको अध्यक्षता र ममता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung