जीवन पर्यन्त शिक्षाको लागि एक स्थानीय तह एक सामुदायिक पुस्तकालय भन्ने मुल नाराका साथ १० औँ राष्ट्रिय पुस्तकालय दिबस बागलुङमा एक अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।
बिद्यामन्दिर पुस्तकालय बागलुङले यसलाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने बिषयमा सरोकारवाला बिच भएको अन्तरक्रियामा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले नेपाल कै पुरानो इतिहास बोकेको पुस्तकालयलाई नमुना बनाउने अभियान सकारात्मक भएको भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने बताए ।
बिद्यामन्दिर पुस्तकालय निरन्तर रूपमा चल्नु सकारात्मक पक्ष भएको भन्दै पाठक लाई सेवा दिनुका साथै सचेतना समेत यसले दिएको प्रमुख पौडेलले बताए । बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले नेपालको लामो इतिहास बोकेको पुस्तकालय साच्चिकै नमुना पुस्तकालय भएकाले यसलाई प्रदेश नम्बर ४ कै पुस्तकालय बनाउने अब सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
पुस्तकालयको भौतिक पुर्बाधारदेखि यहाँ भएको सेवा सुबिधा सबै लाई बिश्लेशण गर्दा प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय भएको अध्यक्ष राजभण्डारी ले बताए ।
अन्तरक्रियामा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, पुस्तकालयका सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, प्रेम छोटा, काजी रोशन, निरज शाक्य, पुर्ब अध्यक्ष गगनलाल शाक्य महेशचन्द्र प्रधान, नागरिक समाजका संयोजक काजि गाउँले श्रेष्ठ, मन्जु केसी, धौलागिरि बहुमुखी क्याम्पसका पुस्तकाधक्ष कल्पना चापागाईं, नेपाल पत्रका महासंघका सल्लाहकार कोपिला कडेल, पत्रकार प्रदिप पन्त प्रकाश बरालले पुस्तकालयले ल्याएको अबधारणा सकारात्मक भएको हुँदा यसलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका अध्यक्षता पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले, स्वागत कोषाध्क्ष रामचन्द्र शर्मा र संचालन सचिव राम थापा अबिरले गरेका थिए । १० औँ राष्ट्रिय पुस्तकालय दिबसलाई बिद्यामन्दिर पुस्तकालय बागलुङले ११ गते देखि बिबिध कार्यक्रमका साथ मनाउँदै आएकोमा १४ गते बिद्यालय स्तरिय बक्तीत्वकला प्रतियोगिता र १५ गते मुख्य कार्यक्रम आयोजना गरेको पुस्तकालयले जनाएको छ ।
फोटो: मञ्जुल शाक्य























































































































































































