१ जेष्ठ २०८१, मंगलवार

 

राष्ट्रिय बाणिज्य संघले दियो कर शिक्षा तालिम

नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङको आयोजनामा एक दिने कर शिक्षा तालिम भएको छ । उद्यमी व्यवसायीलाई कर सम्वन्धी जानकारी दीने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले यस्ता तालिमहरुले व्यवसायीहरुलाई करको दायरामा आउन प्रेरित गर्ने बताए । पौडेलले कर शिक्षाको वारेमा जानकारी नहुदा व्यवसायीहरु करको दायरामा आउन नसकेकोले यस्ता तालिम आवश्यक पर्ने बताए ।

नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङका अध्यक्ष अनुप रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, उपाभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त राखे । कमिटिका उपाध्यक्ष कृष्ण वहादुर कार्कीले स्वागत र संचालन सदस्य नारायण आचार्यले गरेका थिए ।

सो अवसरमा कर शिक्षाका बारेमा करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाई र बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले प्रशिक्षण दिए ।

प्रशिक्षण कार्यक्रमा बागलुङ वजारका व्यवसायीहरुको उपस्थिति रहेको थियो । कर शिक्षाको वारेमा जानकारी नहुदा राज्यलाई लाखौ राजश्व घाटा भैरहेकोले यस्ता कार्यक्रमलाई आगामी दीनमा निरन्तरता दीने नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटि बागलुङका अध्यक्ष अनुप रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्