२९ बैशाख २०८१, शनिबार

 

सहकारी मार्फत आर्थिक समृद्धि सम्भव : प्रजिअ थापा

बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले गामीण अर्थतन्त्र मजबुत नहुँदा नेपाली समाज गरिबीको रेखामुनी रहँदै आएको बताएका छन् । देशमा गरिवी र वेरोजगारी भएकाले युवा विदेशिने क्रम बढेको उनले बताए ।

चारतारे युवा क्लव सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले गरेको स्वागत तथा अन्तरकृयामा उनले यस्तो बताए ।
विश्वका धैरै देशमा सहकारी मार्फत आर्थिक विकास भएको भन्दै थापाले नेपालमा पनि निस्कृय रहेको पुँजी र जनशक्ति परिचालन गरेर सहकारी मार्फत आर्थिक समृद्धि सम्भाव रहेको बताए ।

मुलुक नयाँ संरचनामा गएकाले स्थानीय स्तरमा केही अलमल देखिए पनि जनप्रतीनिधि र कर्मचारी मिलेर अगाडि वढ्न सकेमा नागरिकले छिटो छरितो सेवा पाउन सक्ने थापाको भनाई थियो ।

कार्यक्रममा जैमीनी नगरपालीकाका प्रमुख ईन्द्रराज पौडेल, नीसी गाउँपालीकाका अध्यक्ष तारानाथ शर्मा, सिवाईसीका सल्लाहाकार देववहादुर श्रेष्ठ लगाएतले थापाको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल थापालाई बागलुङमा स्वागत गर्दै सफल कार्यकालको शुभकाना दिए ।

उनले थापा बागलुङलाई यसअघि नै बुझेको कुशल प्रशासक भएकाले विकास र सुशासनमा थप सुधारको अपेक्षा गरे । कार्यक्रमको सञ्चालन सचिव रामवहादुर के.सीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्