२९ बैशाख २०८१, शनिबार

 

महिला हित सहकारीको साधारण सभा : अध्यक्षमा फेरी खड्का चयन

महिला हित बचत तथा ऋणा सहकारी बागलुङको अध्यक्षमा फेरी लिलादेवि खड्का चयन भएकी छन् । सहकारीको १६ औँ साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्यासमिति चयनन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा शान्ति गौतम, सहसचिवमा पम्फा किसान र कोषाध्यक्षमा मनमाया श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा विद्या खड्का, ईन्द्रा थापा, सन्तु खड्का, दुर्गा मल्ल, भगवती सापकोटा र कुलदेवी केसी चयन भएका छन ।

त्यस्तै सुमन बाँस्कोटाको संयोजकत्वमा रञ्जु केसी र रत्नाकुमारी खड्का सदस्य रहेको लेखा समिति बनाईएको छ ।

अधिकृत रामचन्द्र शर्मा र सदस्य लक्ष्मी बोहरा रहेका निर्वाचन मण्डल बनाईईएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बागलुङ बहुउद्धेश्यीय ऋण सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, समाजसेवी केवी राना मगर लगायतले बोलेका थिए ।

कार्यक्रम महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला खड्काको अध्यक्षता र सहसचिव शान्ति ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं २०५२ सालमा महिला हित संरक्षण समुहको नाममा स्थापना भएको सहकारीले विभिन्न घरेलु आयआर्जनका तालिम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्