३० बैशाख २०८२, मंगलवार

 

शिक्षक संगठन गलकोट नगर अध्यक्षमा चुडामणी शर्मा, ‘पेशागत दक्षता सुधारमा लागौँ’ : उपाध्यक्ष क्षेत्री

‘सम्पुर्ण मुक्तिकामी शिक्षकहरु एक होऔँ’ भन्ने नाराका साथ एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगरपालिका बागलुङको प्रथम नगर सम्मेलन भएको छ ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झपेन्द्र क्षेत्रीले शिक्षकहरुले जागिर खाने नाममा टाईम पास नगर्न आग्रह गर्दै पेशागत हैसियत, दक्षता र गुणस्तरियता निर्माणमा जोड दिनु पर्ने बताए ।

क्षेत्रीले वित्तिय एकाधिकार पुककजीवादले संगठनलाई खतरा समेत रहेको भन्दै सजग बन्न आग्रह समेत गरे ।

नगर सम्मेलनले चुडामणि शर्माको अध्यक्षतामा २१ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बिर बहादुर चोखाल, महिला उपाध्यक्षमा सिर्जना श्रीस, उपाध्यक्षमा मेघराज रेग्मी, सचिवमा हेम बुढाथोकी, सहसचिवमा डिल बहादुर बुढाथोकी र अर्थ सचिवमा टोप बहादुर राना रहेका छन् ।

त्यस्तै तेजेन्द्र बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा नारायण पाठक, हिरा श्रीस, महदत्त गौतम, गोविन्द प्रसाद शर्मा, भबिन्द्र गौतम र भक्त बहादुर श्रीस रहनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज फमलाल निउरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार यम बहादुर श्रीस, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव रिशी चापागाई, नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष तिलक उप्रेती, नेपाल शिक्षक संघ गलकोट संयोजक हरि चालिसे,अ खिल नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष पुष्कर सापकोटा र जिल्ला शिक्षा कार्यालय बागलुङका प्रतिनिधी बम बहादुर थापा ले शुभकामना मन्तव्य राखे ।

सम्मेलनमा गलकोट नगरपालिका भित्रका संगठनमा आवद्व शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नगर सम्मेलन एकिकृत अखिल नेपाल शिक्षक संगठन सम्मेलन आयोजक समिति संयोजक चुडामणि शर्माको अध्यक्षता र सचिव विर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung