७ जेष्ठ २०८१, सोमबार

 

हरिकाशी पालिखे भईन् बर्षकै उत्कृष्ट नर्स, जो २५ बर्ष यता बागलुङमै कार्यरत छिन्

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङकी स्टाफ नर्स हरिकाशी पालिखे देशभरबाट उत्कृष्ट नर्स बनेकी छन् । स्वास्थ्य खवर पत्रिकाले प्रदान गर्ने हेल्थ अवार्ड २०७४ मा उनी परेकी हुन् ।

पत्रिकाले उत्कृष्ट चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्ययंसेविका, अस्पताल, सामाजिक संस्था र स्वस्थ ज्येष्ठ नागरिक सम्मानित गरेको हो ।उनले नर्सतर्फको उत्कष्ट अवार्ड प्राप्त गरेकी हुन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई उत्कृष्ट नर्सको अवार्ड  प्रदान गरेका थिए ।

पालिखेले मोफसलको दुर्गम ठाउँमा सेवा गरेर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई मुल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको हो ।

पोखराको रानी पौवा घर भएकी उनी २०४९ साल (२५ बर्ष) देखि निरन्तर बागलुङमा कार्यरत छिन् ।

यस वर्ष उत्कृष्ट डाक्टर मुगु जिल्ला अस्पतालमा कार्यरत डा जितेन्द्र कँडेल भए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट आँखा उपचारका क्षेत्रमा योगदान र्पुयाएवापत डा रामप्रसाद पोखरेललाई सम्मान गरियो ।

सुदूरपश्चिममा पुगेर स्वास्थ्य क्षेत्रमा योगदान दिएका जनस्वास्थ्य अधिकृत परशुराम श्रेष्ठ उत्कृष्ट जनस्वास्थ्य अधिकृत ठहरिए भने भरतपुर अस्पताल उत्कृष्ट अस्पताल बन्यो ।

सिरहामा कार्यरत सिअहेव गंगाराम साह उत्कृष्ट स्वास्थ्यकर्मी, राष्टिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश उत्कृष्ट सामाजिक संस्था, भगवानलाई भेट्नुअघि बिरामीलाई भेट्ने स्वयंसेविका उर्मिला खत्वे उत्कृष्ट स्वयंसेविका ठहरिइन् ।

यस वर्षदेखि आरम्भ गरिएको स्वस्थ नागरिक अवार्ड धनगढीका ९२ वर्षे बद्रीनाथ भण्डारीलाई दिइएको छ । यही अवसरमा हेल्प पब्लिकेशन प्रालिको नयाँ अनलाइन ‘नेपाल लाइभ डटकम’ को पनि शुभारम्भ गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्