१ जेष्ठ २०८२, बिहीबार

 

जागरण युवा क्लव ढोरपाटनले ४ विद्यार्थीलाई १०+२ पढाउने

जागरण युवा क्लव ढोरपाटन–१ बुर्तिबाङले यो बर्ष ४ जना विद्यार्थीलाई कक्षा ११ र १२ बढाउने भएको छ । कक्षा ११ का ४ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको क्लवले जनाएको छ ।

क्लवले उत्तरगंगा माविको कक्षा ११ मा पढ्ने हिमाल घर्ती मगर, खिमलाल विक, छनबहादुर कुँवर र विकास कुँवरलाई छात्रवृत्ति दिएको सचिव झम सिरपालीले जानकारी दिए ।

उनीहरुको भर्ना शुल्क, मासिक शुल्क र रजिष्ट्रेशन शुल्क क्लवले दिने उनले बताए । उनीहरुका लागि कक्षा १२ मा पनि यो छात्रवृत्ति पाउने छन् । क्लवले प्रत्यक बर्ष यसैगरि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष थमनाथ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung