
युवा व्यवसायी विष्णु केसीले आफ्ना बुुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ न्वाराका उनले आफैले पढेको मुलपानी मावि बानपा–७ मा ५ लाख रुपैयाँको अक्षयकोष बनाएका हुन् ।
यसअघि १ लाख ५० हजार रुपैयाँ रहेको कोषमा अहिले ३ लाख ५० हजार थपेर ५ लाख पु¥याएको केसीले जानकारी दिए । विद्यालयको ६० औँ बार्षिकोत्सव कार्यक्रममा उनले यसअघिको कोषमा रकम थप गरेका हुन् ।
बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव कार्यक्रममा उनले कोषमा रकम थप गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख खड्काले विद्यालयको सुधार तथा विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालयले अघि सारेको प्रविधिक शिक्षातर्फको कक्षा सुरु गर्नका लागि समन्वय गर्ने बताए ।
‘विद्यालयलाई हराभर बनाउन बगँैचा निर्माण र कम्प्युटर शिक्षाको लागि पनि मेरो सक्दो सहयोग हुन्छ,’ उपप्रमुख खड्काले भने, ‘प्राविधिक शिक्षा चलाउने यहाँहरुको सोचमा ठोस योजना भए त्यसमा पनि सहयोग गर्न सकिन्छ ।’
स्वर्गीय वुवा नरेन्द्र र आमा देविकलाको नाममा ‘नरेन्द्रदेवि विद्या पुरस्कार कोष’ बनाएको केसीले बताए । ‘वुवा आमालाई समर्पण गरेर कोष बनाएको हुँ,’ केसीले भने, ‘वुवा वितिसक्नु भयो तर आमा त अहिले पनि हामीसँगै हुनुहुन्छ ।’ यसको व्याजबाट प्रत्यक बर्ष १० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।
गरिब, विपन्न, अपाङ्गता भएका तथा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने शिक्षक नेत्रराज सिलवालले जानकारी दिए । ‘कोष त पहिले पनि थियो, अहिले रकम थपेर ५ लाख रुपैयाँ पु¥याउनुभएको छ,’ शिलवालले भने, ‘यसबाट हाम्रो विद्यालयका पढ्न चाहने तर आर्थिक समस्या भएका विद्यार्थीलाई सहयोग हुनेछ ।’
उनी विद्यालयका पुर्वविद्यार्थी हुन् । केसीले मुलपानी माविबाट २०४८ सालमा एसएलसी पास गरेको थिए । अहिले केसीले काठमाण्डौमा आकर्षण ईनटरनेशनल प्रालि मेनपावर कम्पनी चलाउँदै आएका छन् । ‘आफैले पढेको स्कुलमा पढ्ने कमजोर आर्थिक अवस्था भएका बच्चाहरुलाई पढाईमा अघि बढ्न सहयोग पुगोस भनेर कोष बनाएको हुँ,’ केसीले भने, ‘गरिव, विपन्न, अपाङ्गता भएका विद्यार्थीलाई पढाईमा अघि बढ्ने हौसला मिल्ने मेरो विश्वास छ ।’
उनले मुलपानी माविबाट कक्षा ८, १० र १२ कक्षाको अन्तिम परिक्षामा बागलुङ जिल्लामा प्रथम, द्वितिय र तृतिय भए ती विद्यार्थीलाई प्रत्यक बर्ष १० हजार रुपैयाँ दिने पनि घोषणा गरेका छन् । केसीले देशका अन्य ठाउँमा पनि आफुले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका बताएका छन् ।
बार्षिकोत्सव कार्यक्रम
विद्यालयको ६० औँ बार्षिकोत्सव कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, बागलुङ नगरका शिक्षा प्रमुख धनप्रसाद पोख्रेल, स्रोतव्यक्ति ढकबहादुर पुन, समाजसेवी लालबहादुर खत्री, पुर्बप्रअ मेघराज पाण्डे, नेपाल रेडक्रस सोसाइटि बागलुङ पुर्ब सभापती विश्वनाथ रेग्मी, सम्मानित व्यक्तित्व विष्णु केसी, छात्रवृत्ति कोषको तर्फबाट खेमबहादुर केसीले मन्तव्य राखे ।
कार्यक्रममा उत्कृष्ट शिक्षक नेत्रराज सिलवाल र अक्षयकोषदाता विष्णु केसीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले विद्यालयको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीबहादुर केसीको अध्यक्षता, शिक्षक नेत्रराज सिलवालको स्वागत र शिवप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।