६ श्रावण २०८३, बुधबार

 

बागलुङ महोत्सवमा समाज कल्याण केन्द्र काठमाण्डौले पनि सहकार्य गर्ने

बागलुङमा हुने औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सवका लागि बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौले पनि सहकार्य गर्ने भएको छ ।
महोत्सव प्रचार प्रसारका लागि काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने, कार्यक्रम प्रायोजन गर्ने, छुट्टै स्टल राख्ने लगायतका काम समाज कल्याण केन्द्रले गर्ने सहमती भएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए ।

पुस ७ गतेदेखि १५ गतेसम्म विभिन्न संघ संस्थासँगको सहकार्यमा बागलुङ उद्योग बाणिज्य संघले बागलुङ बजारमा महोत्सव गर्दैछ ।

बागलुङ उद्योग बाणिज्य संघको टोली र बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौको टोलीबीच काठमाण्डौमा भएको द्विपक्षिय छलफलम यस्तो सहमती भएको हो ।

केन्द्रले महोत्सवको कुनै एक कार्यक्रमको प्रयोजन गर्ने बारेपनि छलफल भईरहेको बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष शुमन शाक्यले जानकारी दिए । केन्द्रको तर्फबाट प्रदिपकुमार राजभण्डारी एकल कला प्रदर्शनी कार्यक्रम गरिने छ ।

‘आफ्नो गृह जिल्लामा हुन लागेको महोत्सव सफल पर्ने हाम्रो पनि दायित्व हो,’ शाक्यले भने, ‘काठमाण्डौमा रहनुभएका व्यवसायी साथीहरुसँग समन्वय गरेर हामीले सक्ने काममा सहयोग गर्छौं ।’

उनले महोत्सवमा केन्द्रको छुट्टै स्टलसमेत राख्ने तयारी भएको जानकारी दिए । महोत्सव उद्घाटनमा केन्द्रको टोली ¥याली, झाँकी, बाजा र व्यानरसहित सहभागी हुने सचिव रसुमिला श्रेष्ठले जानकारी दिईन् ।

उद्योग बाणिज्य संघले गरेको प्रस्तावका अधिकांश विषय टुङ्गीएको र बाँकी कुराको बारेमा फेरी छलफल गरेर टुङ्ग्याईने बागलुङ समाज कल्याण केन्द्रका कोषाध्यक्ष आनन्द प्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung