निसीखोला गाउपालिका–१ मा रहेको देबिस्थान माध्यमिक विद्यालयमा वाल दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएको छ ।
बिहिबार भएको कार्यक्रमा कक्षा १—५ टेल पुुलिङ प्रतियोगीता, कक्षा ६—८ एकल नृत्य र ९—१२ मा ‘ राष्ट्र निर्माणमा युवाको भूमिका ’ भन्ने विषयमा वक्तृत्व कला प्रतियोगिता भएको थियो ।
विजय हुने सबै विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको शिक्षक झग बहादुर क्षेत्रीले बताए ।यो कार्यक्रम निसी भुजी जनता क्याम्पस ढोरपाटन नगरपालिका बुर्तिबाङमा स्नातक तह तेस्रो वर्ष शिक्षा संकायमा अध्ययनरत शिक्षण अभ्यासमा गएका विद्यार्थी माया बुढा र तिर्सना गिरीको आयोजना र विद्यालयको सहयोगमा गरिएको हो । बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने सन्देशका साथ दिवस मनाईएको छ ।













































































































































































































