लायन्स क्लव अफ बेनी महारानीले बेनी नगरपालीका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लवको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो ।
क्लवका अध्यक्ष प्रमिला जोशी (श्रेष्ठ)को अध्यक्षता, जोन चियर पर्सन सुनिता केसीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिलु पुनको सञ्चालन र द्वितृय उपाध्यक्ष संगिता श्रेष्ठले समापन गरेको कार्यक्रम भिमकुमारी सुवेदीले संयोजन गरेका थिए ।













































































































































































































