३० बैशाख २०८२, मंगलवार

 

म्याग्दीमा पनि मनाइयो संबिधान दिवस : ‘मंसिरको चुनाव सफल बनाउने राष्ट्रिय दायित्व’

बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर दोस्रो संबिधान दिवस मनाइएको छ ।  संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाईएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो ।

न्युरोड, अस्पताल चोक, गणेशटोल, बालमन्दिर चोक हुदै बेनी सामुदायीक मावि परिसरमा पुगेर ¥याली सभामा परिणत भएको थियो । समारोहमा सहभागीहरुले नेपालको संबिधानले सबैको भावनालाई समेटेकाले विश्वकै नमुना भएको बताउदै यसको पूर्ण कार्यान्वयन मार्फत विकास र सम्मृद्धी हाँसील हुने बिचार व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र केसीले अन्यौलताका बिच संबिधान कार्यान्वयनको पहिलो खुड्कीलो स्थानीय तह निर्वाचन सफल भएकाले अब प्रदेश र संघको चुनावलाई सफल बनाउने राष्ट्रिय दायीत्व भएको बताए ।  बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले संबिधान कार्यान्वयसंगै नेपालमा अब विकास, सम्बृद्धी र शुसासन कायम गरी जनताको जिवनस्तरमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले संबिधानको पूर्ण कार्यान्वयनसंगै देश सम्बृद्धीको बाटोमा अघि बढ्ने बताए । जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी पदम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ राष्ट्रिय स्वाभीमानका कायम गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  म्याग्दीमा सोमबारदेखि त्रिदीवसीय कार्यक्रम गरेर संबिधान दिवस मनाउन सुरु भएको थियो । पहिलो दिन कर्मचारी र जनप्रतिनिधीहरुबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो ।मंगलबार र बुधबार साँझ कार्यालय तथा घरमा दिपावली गरिने मुल समारोह समितिले जनाएको छ । वि.स २०७२ असोज ३ गते संबिधानसभाबाट संबिधान जारी भएको दिनको स्मरण गर्दै दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung