बाग्लुङ नगरपालिका–३ मा रहेको धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय रात्माटाले ५४ औँ वार्षिकोत्सव मनाएको छ ।कार्यक्रमा बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले विद्यालयको आर्थिक र भौतिक सुधारको लागि आफुले जुनसुकै अवस्थामा पनि सहयोग गर्ने बताए ।
चन्दादाता कलाधर पाध्या, पूर्व व्यवस्थापन समिति अध्यक्ष टिकाराम सापकोटा पूर्व प्रअ कृष्णदत्तल पन्त, सि वाई सिका अध्यक्ष चण्डी प्रसाद शर्मा, नगर शिक्षा प्रमुख धन प्रसाद पोखरेल, नगर शिक्षा प्रमुख धन प्रसाद पोखरेल र स्थानीय विकास अधिकृत राम प्रसाद आर्चाय लगाएतको मन्तव्य व्यक्त गरेका थिए ।
प्रअ विमला गुरुङले विद्यालययको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिईन । कार्यक्रकै अवसरमा शिक्षक शिक्षा पौडेललाई पुरस्कृत समेत गरिएको थियो ।
साथमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु टिकाराम सापकोटा, धनप्रसाद जिसी, दिनानाथ सापकोटा र गणेशनाथ उपाध्यायलाई सम्मान गरिएको थियो ।
विद्यार्थी र शिक्षक नृत्य, वेलुन नाच, चम्चा दौड, हिसाब दौड, घैटो फोर, उकालो दौड लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा रहेका कार्यक्रममा शिक्षक भुमीराज गौतमको स्वागत मन्तव्य र शिक्षक पूर्णराज रेग्मीको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।

































































































































































































