३० बैशाख २०८२, मंगलवार

 

लिटिल गार्डेनको बार्षिकोत्सव : योग्य नागरिकका लागि गुणस्तरीय शिक्षा

म्याग्दीको बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए ।

निमित्त जिल्ला शिक्षा अधिकारी दलबहादुर थापाले शैक्षिक सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक संवेदनशिल बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानिया र पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले शैक्षिक नतिजाको हिसावले लिटील गार्डेन जिल्लामै अगाडी रहेको बताए ।

प्रिन्सिपल खुमबहादुर केसीले विद्यालयको गतिबिधीको बारेमा जानकारी गराउँदै २०७३ कौ एसईई परिक्षाको औसत नतिजामा लिटील गार्डेन जिल्लामा अगाडी रहेको बताए । अभिभावक घनश्याम खड्का, विद्यार्थी सुदिप्ता पौडेल र अमिसा परियारले पनी शुभकामना मन्तब्य व्यक्त गरे ।

सो समारोहमा भदौ ३१ गते देखि विद्यालयमा सञ्चालित खेलकुद प्रतियोगिताका बिजेता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले नृत्य र कलाकार सुर्य घतानेले गित प्रस्तुत गरे ।
विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालन र शिक्षीका ईन्दिरा आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung