५ कार्तिक २०८३, बुधबार

 

मालिका सेवा समाज बागलुङले दियो विद्यार्थीलाई शैक्षिक सामग्री

मालिका सेवा समाज बागलुङले काठेखोला गाउपालिका–६ विहुँको एक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा क्रियाशिल रहेको समाजले विहुँको अमर प्राथमिक विद्यालयलाई सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत ८७ जना विद्यार्थीहरुलाई १५ हजार बराबरको कापी, कलम, कटर, इरेजर र पुस्ताकालयका लागि आवश्यक सामग्री वितरण गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर कुवरले जानकारी दिए ।

सामग्री हस्तान्तरण पछि बोल्दै काठेखोलाा गाउपालिक ६ विहुँका अध्यक्ष युक्तप्रसाद कंडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक,अभिभावक र विद्यार्थीहरुका भुमिका महत्वपुर्ण हुने बताए । साथै काठेखोलाका समग्र शैक्षिक समृति तर्फलाग्ने प्रतिवद्धता जनाए । विद्यालयको भौतिक संरचना,आवश्यक पाठ्यपुस्तक प्रर्याप्त भएमात्र सिकाईको उपलव्धता हुने कंडेलको भनाई छ ।

साथै शैक्षिक अभियानले विद्यार्थीहरुको पढ्ने बानी र क्षमता विकास गर्न यस्ता खालका कार्यक्रमले थप टेवा पुग्नेमा दिए । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी बानपा–३ राटमाटाका सभापति कविरन्द्र सापकोटा, मालिका सेवा समाज बागलुङका कोषाध्यक्ष दुर्गाबहादुर केसी, समाजका सदस्य रवि शर्मा, अमर प्राथमिक विद्यालय व्यवस्थापन समिति महिला सदस्य मिना निउरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशन प्रालि काठमाण्डौँको आर्थिक सहयोग तथा सिज स्टेशनरी बागलुङको संयोजनमा समाग्री वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानध्यापकले धन्यवाद दिएका थिए । कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष जीवननाथ शर्माको स्वागत र सचिव तेजबहादुर कुँवर सन्तोषको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung