
जनसञ्चार सहकारी संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो परिवर्तनको आयोजनामा आज विजया दशमी, शुभदिपावली तथा छड पर्वको पूर्व अवसरमा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पनन भएको छ ।
आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै वक्ताहरुले सञ्चार माध्यम सूचना प्रवाहको महवपूर्ण माध्यम हुँदा हुँदै पनि विकास निर्माणको साझेदार संस्था बन्नुपर्नेमा जोड दिएका थिए ।
बक्ताहरुले, सञ्चार क्षेत्र र त्यसका सञ्चारकर्मीहरु सचेत संयम रजागरुक भएर नागरिकलाई सही सूचना प्रदान गर्न तथा सत्य, तथ्य र निश्पक्ष समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरेका थिए ।
रेडियो परिवर्तन स्थापना कालदेखिनै दुर दराजका जनताको सारथी बन्दै आएको र व्यवस्थीत सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै अझै थप शसक्त भएर अघि बढन बक्ताहरुले सुझाव तथा शुभकामना दिएका छन् ।
रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षता उपाध्यक्ष निमलाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बोल्दै, स्थानीय स्तरका रहेका सबै सञ्चारमाध्यमहरु एकतावद्ध भएर ढोरपाटन क्षेत्रको विकास निर्माण, जनताको चेतना विस्तार तथा स्थानीय निकायसँग समेत समन्वयकारी भुमिकामा रहन आग्रह गरे ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख कर्मती पुन मगर, एकीकृत सेवा केन्द्र प्रमुख जनक थापा, नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्य, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा ग्रैह्र सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय स्तरमा क्रियाशील राजनैतिक पार्टि प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा सञ्चारकर्मीहरुले आ आफ्नो तर्फबाट विजया दशमी दिपावली तथा छड पर्वको शुभकामना मन्तव्य राखेका थिए ।