१ जेष्ठ २०८२, बिहीबार

 

बाराकोटमा जीप दुर्घटना : २ प्रहरीको मृत्यु

बाग्लुङदेखि बरेङ तर्फ जाँदै गरेको ध १ ज १३४ नम्बरको जीप शनिबार दिउसो बाराकोटको पेरिमाङमा दुर्घटना भएको छ । जीप दुर्घटना हुदाँ दुई जना प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।

मृत्यु हनेमा प्रहरी हवल्दार खीमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीस रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । ती २ प्रहरी प्रदेश नं २ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएर आफ्नो कार्यस्थल बरेङ इलाका प्रहरी कार्यालय फर्किरहेको बेला दुर्घटना भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung