
ताराखोलाखोला गाउँपालिकाको वडा नम्बर–१ माझखर्कमा महाअष्टमी मेला शुरु भएको छ । शनिबार मेला शुरु भएपछि खुल्ला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणको पहिलो खेल समेत भएको थियो ।
खुल्ला पुरुष भलिबल अन्तर्गत द रियल टाइगर भूस्कात र जनशान्ति युवा क्लव तंग्राम फापरखेत बीच भएको उद्घाटन खेलमा २५–२३, २८–२६ को सोझो सेटमा विजयी हुँदै जनशान्ति युवा क्लव दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणका अन्य खेलहरु आइतबारदेखि निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस अघि व्यानरमा हस्ताक्षर गरेर कार्यक्रको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द) तथा विद्यार्थी नेता दिवश खत्री ‘पदम’ ले ताराखोला गाउँपालिकाकोे समग्र विकासको लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । ‘हाम्रो साथ सहयोग सदैब रहनेछ’ खत्रीले भने, ‘हाम्रो अगाडि अवसर र चुनौती दुबै बराबर रहेका छ ।’
स्थानीय विकासमा वडा नम्बर–१ र माझखर्क प्राथमिकतामा रहेको उनले बताए । ‘विकासका हिसावले यो ठाउँलाई अघि बढाउन मेरो सक्दो पहल सँधै हुनेछ,’ खत्रीले भने, ‘अमुरभुमिलाई मैले सँधै नजिकबाट नियाल्ने र यहाँका बास्तविक समस्याको समाधानमा आफुलाई खरो रुपमा उतार्दै आएको छु, आगामी दिनमा पनि निरन्तर गर्ने छ ।’
कार्यक्रममा स्थानीय समाजिक अगुवा झ बहादुर घर्ती, क्लवका पुर्बअध्यक्ष तिलकबहादुर रोका र यमबहादुर घर्ती, दलित सञ्जाल अमरभूमिका अध्यक्ष भिम बिक, पुर्ब खेडाली खेलाडी गंग दर्जी, जित बहादुर घर्ती, पुर्ब सचिव मनबहादुर रोका र मनबहादुर घर्तीले शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा क्लवका पुर्ब सचिव मनबहादुर घर्तीले सौजन्य गरेको खेलाडीको जर्सी क्लवका अध्यक्ष दल बहादुर रोकालाई हस्तान्तरण गरे । प्रमुख अतिथी खत्रीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
महाअष्टमी मेला २०७४ का कार्यक्रम संयोजक कर्णबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सदस्य देवबहादुर घर्तीले गरेका थिए । स्वागत क्लवका पुर्ब अध्यक्ष गोविन्द पुनले गरेका थिए ।