
ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पुर्णिमा मेलाको शुक्रबार उद्घाटन गरीएको छ । क्लवको १५ औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रमको सहकारी तथा गरीबी निवारण राज्यमन्त्री चम्पादेबि खड्काले उद्घाटन गरेकी हुन ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले विकासका कामका यो पार्टि त्यो पार्टि भन्नुभन्दा पनि सबै एकजुट भएर लाग्नुपर्ने बताईन । यस क्षेत्र भौगोलिक हिसाबले विकट भएपनि आर्थिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रको विकासमा अग्रसर हुनका निम्ती जनप्रतिनीधि तथा आम जनताको उत्तिकै महत्वपुर्ण भुमीका रहने बताई ।
थप बोल्दै उनले , ‘कोहि कसैलाई पनि आर्थिक स्तरमा समस्या नहोस भनेर सहकारी ऐन आईसकेकाले अबका दिनमा आर्थिक स्थिती सुधार गर्न सजिलो हुने विश्वास व्यक्त गरिन’ । साथै उनले अबका दिनमा शिक्षा र रोजगारीबाट कसैलाई पनि वञ्चीत हुन नपरोस भनेर यसबारे सक्दो पहल गरिरहेको बताईन ।
कार्यक्रमकै अवसरमा क्लवका तर्फबाट उनलाई मायाँको चिनो प्रदान गरीएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख देबकुमार नेपालीले राज्यमन्त्री खड्कालाई ढोरपाटन नगरपालिका मा स्वागत गर्दै , ढोरपाटन नगरपालिकालाई विकाशको क्षेत्रमा सम्पन्न पार्न आफुले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताए ।
साथै उनले बिरामी भएर कसैलाई मर्न नपरोस भनेर गाउँगाउँमा निशुल्क औषधी वितरण गरेको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्न पछि नहट्ने बताए । सो अवसरमा नेपालीले व्याक्तिगत रुपमै क्लवलाई १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरे । उनले क्लवलाई राजनितबाट टाढा राखेर सामाजिक कार्यमा अग्रसर हुन आग्रह समेत आग्रह गरे ।
क्लवले पुरुष भलिबल, महिला भलिबल, तारा खेल ,दोहोरीगीत, ग्रुप डान्स, पञ्चेबाजामा मायाँली, स्लो बाईकरेश, कृषी प्रर्दशनी लगायतको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ । प्रतियोगितात्मक कार्यक्रमहरु शनिबारबाट सुरु हुने आयोजकले बताएको छ ।