३० बैशाख २०८२, मंगलवार

 

१० हजार घुस लिँदै गरेका बागलुङ मालपोतका हाकिम शर्मालाई अख्तियाले ग¥यो रङ्गे हात पक्राउ

मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रङ्गोहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले मालपोत अधिकृत शर्मालाई १० हजार रुपैयाँ घुस लिँदै गर्दा आफ्नै कार्यकक्षबाट लिएको रकम सहित पक्रेको हो ।

अख्तियार पोखरा कार्यालयका सूचना अधिकृत रमेश ढकालका अनुसार बिहीबार दिउसोे जग्गा राजिष्ट्रेसन पास गरिदिने क्रममा उनले १० हजार रुपैयाँ घुस लिँदै थिए ।

शर्माले आफ्नो जग्गा पास दिन मालपोत कार्यालय पुगेका बागलुङ नगरपालिका–२ का सुजितप्रसाद आचार्यलाई घुस मागेका सुजितसँग मालपोत पुगेका रामप्रसाद घिमिरेले बताए ।

आचार्य सवै प्रक्रिया पुरा गरेर मंगलबार नै कामका लागि कार्यालय गएपनि शर्माले कगजात नपुगेको भन्दै काम गर्न नसक्ने बताएका घिमिरेको भनाई छ । मिलाएर काम गर्न भन्दै उनले घुस मागेपछि अचार्यले अख्तियार टोलीलाई खबर गरेका हुन् ।
पक्राउ परेका शर्मालाई अख्तियार टोलीले थप अनुसन्धानको लागि पोखरा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung