६ श्रावण २०८३, बुधबार

 

गलकोट साँस्कृतिक महोत्सव २ दिन लम्बियो, दर्शकको भीड बड्दै

समग्र विकासको लागि नयाकक परिकल्पना भन्ने मुल नाराका साथ बागलुङको गलकोटमा असोज १८ गतेदेखि सञ्चालित प्रथम गलकोट सांस्कृतिक महोत्सव २०७४ सकिनै लाग्दा दर्शकको भीड बढ्न थालेको छ । महोत्सवको १० औं दिन सम्म आईपुग्दा २० हजार भन्दा बढि दर्शकले अवलोकन गरेका आयोजकले बताएको छ ।

१ करोड बढिको आर्थिक कारोबार भएको महोत्सव मुल समारोह समितिका संयोजक हर्क पाण्डेले बताए । हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखराले आयोजना गरेको महोत्सवमा दैनिक रुपमा दर्शकहरुको उपस्थिति बढ्दै गएपछि आयोजक उत्साहित देखिन्छन् । लामो समयपछि गलकोटमा महोत्सव आयोजना गरिएकोले दर्शकको अत्यधिक भीडभाड भएको पाण्डेको भनाई छ ।

महोत्सवमा प्रत्येक दिन ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको छ । शुक्रबार चर्चित कलाकारहरु बिमलराज क्षेत्री, मनोज सिङ धामी, ईश्वर सिंह, सुनिता नेपाली, चोलेन्द्र पौडेल लगायतको सांगितिक प्रस्तुति रहेको थियो ।

महोत्सवमा शनिबार चर्चित कलाकार रामजी खाँडको साँगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । नगद रु १ लाख २ हजार पुरस्कार राशीको खुल्ला पुरुष भलिबल सञ्चालन भए सककगै बिहानै देखि महोत्सवमा आउने दर्शकहरुको घुइँचो रहेको छ । अहिले गलकोट हटिया बजारमा चहलपहल समेत ह्वात्तै बढेको छ । महोत्सवमा अहिले सम्म करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

त्यसैगरी शुक्रबार मात्रै ३० लाख बढिको कारोबार भएको प्रचार प्रसार संयोजक रामप्रसाद कँडेलले बताए । शनिबार सम्म सञ्चालन गर्ने भनिएको महोत्सव समय अभाव हुने भएपछि दुई दिन थप गरिएको छ । कार्यक्रम आगामी असोज ३० गते हुने आयोजक संस्थाका सचिव मोहन केसीले बताए ।

महोत्सवको १० औं दिनको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाई अध्यक्ष बिरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला डान्स च्याम्पियन, खुल्ला रत्यौली गीत प्रतियोगिता समेत सञ्चालन गरिएको छ । शुक्रबार सञ्चालन गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जीवन फेसन हटिया र थ्रिबर्दश अटो वर्कसप हटिया, गलकोट मोडनाईज ऐकेडेमी हरिचौर सेमिफाईनलमा प्रवेश गरेका छन ।

शनिबार मनसुन रेष्टुरेण्ट हटिया र भण्डारी अभोरसिज बिच खेल हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न स्टलहरु सँगै मनोरञ्जनको लागि पिङ समेत राखिएको छ । महोत्सवले गलकोट क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन र प्रचार प्रसारमा समेत उल्लेख्य भूमिका खेल्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung