५ श्रावण २०८३, मंगलवार

 

‘ज्ञानेन्द्र माविलाई नमुना बनाउँछौँ’ : अध्यक्ष घर्ती

जिल्लाको अति दुर्गम क्षेत्र निसीखोला गाउँपालिका–५ मा रहेको ज्ञानेन्द्र माद्ययमिक विद्यालयलाई नमुना बनाइने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्ति मगरले यस्तो उद्घोष गरेका हुन् । ‘म विद्यालयको अध्यक्ष बनेर आएपछि कसरी हुन्छ विद्यालयको सुधार गर्नेमै केन्द्रीत छु,’ अध्यक्ष घर्तीले भने, ‘यो अभियानमा सवैलाई सहयोग गर्न आव्हान गर्दछु ।’

दलित र जनजातिको बाहुल्यता रहेको विद्यालयमा फर्निचर, खानेपानी, शौचालय र कक्षाकोठाको समेत अभाव रहेको छ । विद्यालयको शैक्षिक तथा भौतिक वातावरणलाई व्यवस्थापन गरी शैक्षिक गुणस्तर बढाउन आफुले सकेजति प्रयास गर्ने बताए । विद्यालयमा आवश्यकता अनुसारको शिक्षक दरबन्दी समेत कम रहेको छ ।

अध्यक्ष प्रेम घर्ती मगर

अहिले विद्यालयमा १ कक्षा देखि १० कक्षा सम्म सञ्चालन हुँदै आएको छ । यस क्षेत्रका धेरै विद्यार्थी कक्षा १० पछिको अध्ययनको लागि यहि क्षेत्रमा विद्यालयन हुँदा विद्यालय छोड्न बाध्य भएका छन ।

निसीखोलामा कक्षा १२ सम्म पढाई हुने २ वटा मावि झिवाखोला र देविस्थानमा रहेका छन तर यी दुवै निसीका विद्यार्थीलाई पायक नपर्ने स्थानमा रहेका छन । विद्यालयको यस्तो कमजोर स्थितीमा पनिविद्यालयलाई जिल्लाकै नमुनाबनाउने आफ्नो लक्ष्य रहेको बताए ।
घर्तीले आउँदै गरेको दीपावलीमा देउसी खेलेर, चन्दा संकलन गरेर भएपनि कक्षा १२ सञ्चालन गर्ने बताए । विद्यालयलाई १७ लाख रुपैयाँ दिएर वरिष्ठ चन्दादाता बनेका कृष्णबहादुर पुनले आफुले थप सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

अध्यक्ष घर्तीले अबको दिनमा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने, दक्ष शिक्षक नियुक्ति, विद्यालयको शैक्षिक भौतिक पुर्वधार सुधार गरी विद्यालयलाई नमुना बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung