
राष्ट्रिय जनमोर्चाको निसीखोलामा बिस्तारीत बैठक सम्पन्न भएको छ । आउँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई केन्द्रीत गरी बैठकको आयोजना गरेको बताईएको छ । बैठकले पार्टी चुनावी गतिबिधिलाई अगाडी बढाउनको लागि ७ सदस्यीय निवार्चन परचिालन समिति गठन गरेको छ ।
जसको संयोजकमा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य खिमबिक्रम शाहीलाई चयन गरेको छ । सदस्यहरुमा मुक्तसिंह शाही, जुनबिक्रम शाही, मिलन हमाल, भुमिराज आचार्य, थम्मन घर्ती र जितबहादुर चन्दलाई चयन गरेको छ ।
बैठकले आउँदो चुनावमा आफ्नो उम्मेदवारलाई विजय गराउनको निम्ती बिभिन्न योजना समेत तय गरेको बताईएको छ ।