५ कार्तिक २०८३, बुधबार

 

गाउँपालिकाको सहयोगमा सुचारु भयो बन्द भएको बालविकास केन्द्र

आर्थिक अभाबले बन्द भएको तमानखोला गाँउपालिका–२ खोलेसबाङको एक बालबिकास केन्द्र गाँउपालीकाको सहयोगपछि सञ्चालनमा आएको छ ।
स्थानीय अभिभाबकले आफ्नै पहलमा बालबिकास केन्द्रको भवन निर्माण गरेर कक्षा सञ्चालन गरेपनि रकम जुटाउन नसकेपछि दुई वर्षअघि बन्द भएको थियो । केन्द्रलाई तमानखोला गाँउपालिकाले मासिक रुपमै तलब दिनेगरी एकजना सहजकर्ताको व्यवस्था गरेपछि फरि चलेको छ ।

दलित समुदायको वस्ती रहेको त्यस गाँउमा अहिले २३ जना ४ देखि ६ बर्ष उमेर समुहका बालबालिकाले खेल्दै पढ्दै गर्न पाएका अभिभावकले बताए । मासिक ६ हजार रुपैयाका दरले गाँउपालिकाले सहजकतार्को तलब दिने गरेको छ । गाँउपालिकाका लेखापाल यमबहादुर थापाले बालबिकास केन्द्र चलाउन एक सहजकर्ताको तलवभत्ता दिन थालेको बताए ।

यसअघि रोकिएर फेरि सञ्चालन सुरुभएपछि अभिभावकको चासो समेत बढेको छ । बालबाबलिकाले पनि आफ्नै गाउँको बालबिकास केन्द्रमा सिक्ने अवसर पाएका छन् ।

दिँउसो १ बजे अभिभावक बालशिक्षामा आएर आफना बच्चालाई खाजा खुवाउने गर्दछन । दुई बजे बिदा भएपछि बच्चालाई सँगै लिएर जाने गरेका छन् । अझै खेल्न र बालबालीकाको चासोलाई बढाउन खेलकुद सामाग्रिको अभाव रहेको बालबिकास केन्द्रले जनाएको छ । –फाईल तस्वीर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung