
बागलुङ जिल्लाको वामपन्थी आन्दोलनका एक यात्री हुन्, कृष्ण थापा । २०१८ साल असार १ गते जन्मेका उनका बाबा पहल सिं थापा र आमा शशिकला थापा हुन् । जैमुनी नगरपालिका वडा नं. ४, सर्कुवामा जन्मिएका थापा विद्यार्थी जीवनबाटै अन्याय, अत्याचार र शोषणका विरुद्ध आवाज उठाउँदै न्याय, समानता र स्वतन्त्रताका लागि संघर्षरत रहे ।
जनता माध्यामिक विद्यालय सर्कुवाबाट मा.वि. तह र रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा प्रमाण पत्र तहसम्म अध्ययन गरेका थापा २०३३ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रीय भएका थिए । पञ्चायति व्यवस्था विरुद्धको आन्दोलन कै क्रममा कक्षा ९ मा पढ्दा पढ्दै र २०३८ सालको आन्दोलनमा गरी २ पटकसम्म जेल जीवन समेत बिताउनु परेको थियो ।
२०४१ सालमा आई.ए.सी.को पढाई सकेर पार्टीद्वारा सञ्चालित पोखरा र पाल्पाका कृषि फममा समेत रहेर काम गर्नु भएको उहाँ जनता मा.वि. सर्कुवा र विजुवा मा.वि. पैयुथन्थापमा ३ बर्ष शिक्षण पेशामा लागि शिक्षक आन्दोलनमा समेत सक्रीय रहे । पञ्चायत विरुद्धको आन्दोलनलाई निरन्तरता दिने क्रममा राज्यद्वारा बढी निगरानी भएपछि शिक्षण पेशा छोडेर भुमिगत जीवन समेत बिताएका थिए ।
२०४६ सालको जनआन्दोनको क्रममा उहाँलाई गिरफ्तार गर्न नसके पछि पुलिसले उनकी श्रीमति शान्ति पुन र ५ महिनाकी छोरी विहानी थापालाई घरबाट गिरफ्तार गरी १ महिना जेलमा राखेको थियो । अखिल नेपाल युवक संघ, बागलुङका संस्थापक अध्यक्ष थापा २०४६ सालको परिवर्तन पछि खुल्ला राजनीतिमा सक्रीय हुँदै २०५६ साल देखि २०६२ सालसम्म राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयमा सचिवको भूमिकामा रहेर पार्टी र जनताको काममा सहयोग गरे ।
२०६२ साल देखि २०६४ सालसम्म राष्ट्रिय जनमोर्चाको बागलुङ जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यको जिम्मेवारी समालेका थापा हाल राष्ट्रिय जनमोर्चाको सिद्धान्तनिष्ठ र अनुशाशित नेताको रुपमा चिनिन्छन् । २०६२/०६३ सालको जनआन्दोलनका घाईते समेत भएका उनी निरंकुश शासनको विरुद्धको संघर्षमा जेलमा २०६२ सालमा जेल परेका थिए ।
निडर नेतृत्वको रुपमा परिचित थापा मिलनसार र सहयोगी पनि उत्तिकै भएको उनललाई चिन्ने साथीहरु बताउँछन । साहित्यमा समेत कलम चलाउने थापाको गाउँको विद्रोह नाटक प्रकाशन भएको छ भने उनले अन्य कैयौं कविता र निबन्ध समेत लेखेका छन् ।
अहिले राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धनका तर्फबाट बागलुङ जिल्ला प्रतिनिधीसभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ बाट गिलास चिन्ह लिएर साझा उम्मेदवार बनेका कृष्ण थापा आफुले यो प्रदेशको आर्थिक समृद्धि र पूर्वधार विकासमा नीतिगत निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागि पर्ने प्रतिवद्धता राख्छन् ।
नीतिगत प्रतिवद्धता
गणतन्त्र र धर्म निरपेक्षता जस्ता संविधानका सकरात्मक उपलब्धीको रक्षा गर्ने,
आर्थिक समृद्धि र राजनीतिक स्थायित्व कायम गर्ने,
राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्ने,
जनतन्त्र, जनजीविका र जनअधिकारको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्ने,
जनतालाई सुशासनको ग्यारेण्टी गरी भ्रष्टचार विरुद्ध जन अभियान सञ्चालन गर्ने,
केन्द्रिकृत विकास नीतिको भण्डाफोर गर्दै विकेन्द्रीयता र सन्तुलित विकास नीति लागु गरी बेग्ला बेग्लै क्षेत्रको विशिष्टताका आधारमा ग्रामिण विकासको योजना बनाउने,
पछाडि पारिएको समुदाय, वर्ग र जातजातिको अधिकार, भाषा,
संस्कृतिको संरक्षण र विकास गर्दै क्षेत्रीय, जातीय वा राष्ट्रिय एकतालाई मजवुद पार्ने,
ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण र संवद्धन गर्ने ।
आर्थिक प्रतिवद्धता
कृषि र कृषिजन्य उद्योगको विकास गरी किसानको आयश्रोत बृद्धिमा मद्दत पु¥याउन विऊ,
गोठसुधार, उन्नत पशु तथा पंक्षी, मत्स्य र मौरीपालनका लागि अनुदानको व्यवस्था गर्ने,
अव्यवस्थित बसोवासलाई व्यवस्थित पार्न एकीकृत बस्ती विकास,
खेतियोग्य जमिनको संरक्षण, वनजङ्गल र खानी क्षेत्रको विकास र संरक्षण गर्न रणनीतिक योजना तय गर्ने,
सरकारले दिर्दै आएको जेष्ठ नागरिक, असमान क्षमता भएका व्यक्ति, अनाथ, असाह्य र बालवालिकाको भत्तामा थप गरी उनीहरुको दैनिक आवश्यकता सहज ढंगबाट पूरा गर्न सक्ने गरी उपलब्ध गराउने,
युवाको बढ्दो विदेश पलायनलाई रोक्न युवा उद्यमशील घुम्ती कोषको व्यवस्था गरी घरेलु तथा साना उद्योग, कृषि फम, पशुपालन तथा सीपमूलक र उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने,
पर्यटनलाई उद्योगको रुपमा विकास गरी ग्रामिण क्षेत्रमा पैदलमार्ग र होम स्टे स्थापना, जलयात्रा, रक गार्डेन तथा प्याराग्यलाईडिङ सञ्चालन गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटनको आगमनमा बृद्धि ल्याउने,
गरिव घरपरिवारको पहिचान गरी सामाजिक सुरक्षा भत्ताका साथै सुपथ मुल्यका पसल र सहकारी स्थापना गरी आर्थिक विकासमा सहयोग पु¥याउने ।
पूर्वधार विकास तथा शिक्षा सम्बन्धि प्रतिवद्धता
चालु मोटरबाटोलाई स्तरउन्नत र विस्तार गर्नु साथै नयाँ सडक निर्माणका लागि स्थानीय बस्तीको माग बमोजिम बिस्तार गर्ने,
खानेपानी, सिंचाई, तटबन्धन र भवन आवश्यकता अनुसार क्रमागत निर्माण गर्दै जाने र निर्माण भएका योजनाको पूर्न निर्माण गरी आधुनिकिकरण गर्ने,
सबै नागरिकको पहुँचमा निःशुल्क आधुनिक शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने,
प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्न स्थानीय लगानी र जनसहभागीतामा साना जलविद्युत निर्माण, बन्द रहेका खानीको पूर्न सञ्चालन र जडिवुटी खेती तथा प्रशोधन केन्द्र स्थापना गरी स्थानीय तह मै रोजगारीको व्यवस्था गर्ने ।
स्थानीय प्रतिवद्धता
नाराणस्थानमा रहेको बलेवा एयरपोर्टको तत्काल सञ्चालनमा ल्याउने,
कालीगण्डकी कोरोडोरदेखि विभिन्न स्थानमा स्तरउन्नत सहितको शाखा सडक स्थापना गर्ने, जस्तैः छिस्ती धुस खोलाखानी उर्लेनी बरेङ पेरिवाङ हुँदै मध्यपहाडि लोकमार्गसम्म, जैमुनीघाट, कुश्मीसेरा दमेक गाजादह हुँदै घोडावाधे मध्यपहाडि लोकमार्गसम्म,
बागलुङ कुश्मीसेरा नाम्दुक बरेङ हुँदै सान्तिपूरसम्म जोड्ने सडकलाई स्तरउन्नत गरी तत्काल कालोपत्रे गर्ने,
कुश्मीसेरा विनामारे छिस्ती मोटरबाटो, दुदिलाभाटी पेरिवाङ नयाँ बजार मोटरबाटो, हटिया सुखौरा सल्यान नयाँ बजार मोटरबाटो, कुश्मीसेरा सर्कुवा विहारथला डाडाखानी हुँदै धुल्लुबास्कोट बरेङ मोटरबाटो र कुश्मीसेरा दमेक गाजादह बरेङ मोटरबाटो, जाडी पैयुथन्थाप सावली मोटरबाटोको स्तरउन्नत गर्ने,
बलेवा क्षेत्रको सडक सञ्जाललाई सहरीकरण गर्दै स्तरबृद्धिका साथै कालोपत्रेको काम गर्ने र पाग्जा पैयुपाटा भैरवस्थानसम्मको सडकलाई पर्यटक सडकको रुपमा तत्काल स्तरउन्नत गर्ने,
बलेवा क्षेत्रमा आधुनिक सहरीकरणको कार्यक्रम सञ्चालन गर्नुका साथै कुश्मीसेरा, बरेङ र छिस्ती धुसमा साना सहरी विकास कार्यक्रम लागु गर्ने,
पर्यटन विकासमा सहयोग पु¥याउनका लागि भैरवस्थान, हाँडीकोट, माईकोस्थान, पुरानोगाउँ, सत्यवति, गाजाको दह र जैमुनीघाट जस्ता स्थानको विकास र पर्वद्धनमा ध्यान दिर्दै कुश्मीसेरा देखि हाँडिकोटसम्म केवुलकार सञ्चालनको सम्भावना अध्ययन गरी निर्माणका लागि पहल गर्ने,
कालिगण्डकी वी जलविद्युत आयोजना निर्माणका लागि पहल गर्ने,
ग्रामीण विद्युतिकरणलाई विस्तार गरी फलामे पोलयुक्त क्षेत्र बनाउने तथा ठेउलेखोला सहितका लघु विद्युतलाई मिनीग्रेड गरी केन्द्रिय लाईनमा जडान गर्ने,
किसानलाई पायक पर्ने गरी कृषि संकलन केन्द्र र दुग्ध चिस्यान केन्द्रहरु स्थापनामा जोड दिने,
फलफुल, पशुपालन, मौरीपालन, तरकारी तथा नगदे वाली, विऊ उत्पादनलाई व्यवसायिकरण गर्ने र पकेट क्षेत्र तोकी उत्पादनमा जोड दिने,
कृषि, विज्ञान, कम्प्युटर जस्ता प्राविधिक विषयका क्याम्पस सञ्चालन गर्ने,
खानेपानी अभाव भएका स्थानमा लिफ्टिङ मार्फत खानेपानी आपूर्ति गर्ने र सहज स्रोत भएका स्थानमा समेत स्वच्छ खानेपानीको व्यवस्था गर्ने,
बलेवा, कुश्मीसेरा र बरेङमा न्यूनतम पनि २५ सैया भएको अस्पताल निर्माण गर्ने,
काठेखोलाको पानीलाई बलेवा क्षेत्रमा सिंचाई गर्न सकिने सम्भावनाको अध्ययन गरी कार्यान्वयनमा पहल गर्ने,
महिला, दलित तथा जनजातिका लागि विशेष आयआर्जनका कार्यक्रम सञ्चालन गरिने,
विद्यालयमा अपुग शिक्षक दरवन्दी थप गर्ने साथै अस्थायी शिक्षकको समस्या समाधानमा विशेष जोड दिने,
जनताले भोग्नु परेको सरकारी काममा हुने प्रशासनिक झन्झटलाई न्यूनिकरण गरी छिटो छरितो तरिकाबाट एक टेबुल सबैका हुने गरी प्रशासनिक कार्यको व्यवस्था गर्ने ।