
वामपन्थी गठबन्धनका उमेदवारहरुलाई विजयी बनाउने उदेश्यका साथ बागलुङको काठेखोला गाउँपालिकामा ५ सय ५५ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा काठेखोला संगठन कमिटिहरुले संयुक्त रुपमा आयोजना गरेको संयुक्त भेलाले नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटिका संयोजक डिल्लीराज गौतमको संयोजकत्वमा गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
संयुक्त निर्वाचन परिचालन कमिटिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका तर्फबाट टिका थापा र राष्ट्रिय जनमोर्चाका तर्फबाट ओमबहादुर पुन, सचिवमा माओवादी केन्द्रका नन्दलाल विक तथा सचिवालय सदस्यहरुमा एमालेका तर्फबाट हुमाकुमारी जिसी अञ्जु र अमरबहादुर थापा, नेकपा माओवादी केन्द्रका तर्फबाट लक्ष्मी खड्का, राष्ट्रिय जनमोर्चाका तर्फबाट पूर्णबहादुर थापा र विष्णु कंडेल हरेका छन ।
निर्वाचन परिचालन कमिटिमा तिनवटै पार्टीका काठेखोला गाउँपालिका अन्तरगतका जिल्ला कमिटिका सदस्यहरु, गाउँपालिका संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटिका पदाधिकारीहरु, सल्लाहकारहरु, जनसंगठनका जिल्ला सदस्यहरु, जनप्रतिनिधिहरु रहेका छन् । यस्तै बैठकले महिला, युवा, शिक्षक कर्मचारी, दलित मोर्चा संगठनको भेला गरी निर्वाचन परिचालन कमिटि गठन गर्नका लागि समन्वय समिति गठन गरेको छ ।
वैठकले नेकपा एमालेका चित्रकला छन्त्याल श्रीसको संयोजकत्वमा ९ सदस्यीय महिला परिचालन संयोजन कमिटि गठन गरेको छ । महिला परिचालन संयोजन कमिटिमा कोपिला पुन, सविना गौतम, पार्वती थापा, नरमाया थापा, मनरुपी थापा, गिता विक, पवित्रा थापा र कोपिला किसान रहनु भएको छ ।
यस्तै भेलाले खुमबहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्य युवा संयोजन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा कृष्ण थापा, निर्मल थापा, चुडामणी कंडेल, तुलबहादुर रोका, भुवनसिंह थापा, प्रेम किसान, युवराज विक र प्रसिद्ध पुन रहेका छन । यसैगरी शिक्षक कर्मचारीहरुको संयोजनका जिम्मेवारी चन्द्रमणी उपाध्याय, भीम विक र चिरञ्जिवी कंडेल, दलित सञ्जालका लागि भीम विक, डिलबहादुर विक र दुर्गा विकलाई जिम्मेवारी दिइएको नेकपा एमाले काठेखोलाका सहसंयोजक अञ्जु जिसीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बामपन्थी गठबन्धनको निर्वाचन परिचालन सम्बन्धमा क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटिका संयोजक रामजीप्रसाद शर्माले जानकारी गराएका थिए । उनले जिल्लामा वामपन्थी उमेदवारहरुलाई जिताउने अभियान अन्तरगत तीन दलिय बैठकले गरेका निर्णय सहित संयुक्त रुपमा गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसी, केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसी, नेकपा माओवादीका केन्द्रीय सदस्य कृष्ण थापा, राजमोका काठेखोला गाउँपालिकाका अध्यक्ष लक्ष्मण पुन लगायतले बामपन्थी उमेदवारहरुलाई विजयी गराउनका लागि सबै नेता कार्यकर्ताहरुलाई निर्वाचनमा होमिन आव्हान गरेका थिए । कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटिका संयोजक डिल्लीराज गौतमको अध्यक्षता र सहसंयोजक अञ्जु जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।